नयाँ जेनेरेसनमा आयो ब्रेजा : पहिलो पटक इलेक्ट्रिक सनरुफ र अन्य धेरै फिचर
नेपाली बजारमा समेत लोकप्रिय सुजुकीको भिटारा ब्रेजा नयाँ डिजाइन...
केही दिन पहिले मारुती सुजुकीको नयाँ एमपीभीको नाम ‘इंगेज’ राखिने समाचार सार्वजनिक भएको थियो । तर कम्पनीले सो एमपीभीको नाम अब ‘इन्भिक्टो’ राख्ने बताएको छ ।
कम्पनीले सो नयाँ एमपीभी आगामी जुलाई ५ मा लन्च गर्नेछ । यद्यपि यसको बुकिङ भने जुन देखि नै हुनेछ । आगामी जुन १९ देखि भारतमा यसको बुकिङ शुरु हुनेछ ।
यो टोयोटा इनोभा हाइक्रस रिइन्जिनियर मोडल हुनेछ । सो कार टोयोटा र मारुती सुजुकीको संयुक्त लगानीमा उत्पादन गरिने छ र यसको बिक्री नेक्सा डिलरशिप मार्फत गरिनेछ । बजारमा पहिले देखि मार्केट लिडर बनेको सुजुकी अर्टिगाको स्थान यसले लिनेछ । यसबाट अन्य प्रतिस्पर्धीलाई पनि दवाव पर्नेछ भने ७ सिटर कारको बजारलाई पनि परिवर्तन गर्ने अनुमान गर्न सकिन्छ ।
सो एसयूभीको तस्बिर इन्टरनेटमा पनि देख्न सकिन्छ । यसमा ग्रान्ड भिटारा जस्तो डिजाइन अपडेट गरिएको छ ।
कारको डाइमेन्सनमा भने कुनै परिवर्तन गरिएको छैन । मारुती सुजुकी प्रिमियम एमपीभी ७ सिटरमा पेश गरिनेछ र ८ सिटर कन्फिगरेसन उपलब्ध हुनेछ वा छैन भन्ने बारे कुनै जानकारी दिइएको छैन । रूफलाइन, रियर बम्पर र टेलगेट माथि सारिएको छ ।
यसको क्याबिनमा भने सानो परिवर्तन गरिएको छ । यसमा फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, लेयर्ड ड्यासबोर्ड, एडीएएस टेक्नोलोजी, पानोरामिक सनरुफ जस्ता फिचर समावेश हुनेछ ।
नेपाली बजारमा समेत लोकप्रिय सुजुकीको भिटारा ब्रेजा नयाँ डिजाइन...
सुजुकीले वर्गम्यान स्कुटरको नयाँ भेरियन्ट लन्च गरेको छ । स्ट्रिट इएक्स...
काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...