सनरुफसहित आउने भयो नयाँ डिजायर, यी प्रिमियम फिचर पनि थप हुने

मारुती सुजुकीले निकट भविष्यमा ल्याउने तयारी थालेको नयाँ डिजायर हालको मोडलभन्दा निकै हाई–टेक हुने भएको छ । कम्प्याक्ट सेडान डिजायरको चौथो जेनेरेशनमा कम्पनीले एक्सटेरियर सहित इन्टेरियर र फिचरमा ब्यापक परिमार्जन गर्न लागेको हो ।

केही समयअघि जापानमा सम्पन्न अटो शोमा प्रदर्शन गरिएको नयाँ जेनेरेशन स्विफ्टकै प्लेटमर्फमा तयार हुने नयाँ डिजायरमा सुजुकीले सनरुफ फिचर दिने बताएको छ । सो नयाँ कारको टप स्पेक जेडएक्सआई प्लस ट्रिम सिंगल प्यानल सनरुफसहित आउने कम्पनीले जनाएको हो ।

सनरुफ बाहेक यसमा ९ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट स्क्रिन, वायरलेस एन्ड्रोइड एन्ड एप्पल कार प्ले, प्रिमियम ड्यासबोर्ड, हेड–अप–डिस्प्ले, अटो वाइन्डस्क्रिन वाइपर, वायरलेस मोबाइल चार्जिङ प्याड र ६ वटा एयरब्याग लगायत फिचर उपलब्ध हुने अनुमान गरिएको छ ।

भारतमा हाल डिजायरको तेस्रो जनेरेशन बिक्री हुँदै आएको छ । कम्प्याक्ट सेडान सेग्मेन्टमा हुन्डाई औरा, टाटा टिगोर र होन्डा अमेजसंग प्रस्पिर्धा गरिरहेको डिजायर यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोडल हो । सुजुकीको यो सेडान कार नेपाली बजारमा समेत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

काठमाडौं – बैशाख १६ देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा उपलब्ध...

सुजुकीले भारतमा बढायो स्कुटरको बिक्री, यस्तो छ अन्य ब्रान्डको अबस्था

सुजुकीले भारतमा बढायो स्कुटरको बिक्री, यस्तो छ अन्य ब्रान्डको अबस्था

सुजुकी टु ह्विलरले भारतमा स्कुटरको बिक्री बढाएको छ । गत बर्षको अप्रिलदेखी...

सुजुकीले अर्काे वर्ष नयाँ स्पोर्ट्स बाइक लन्च गर्ने, यस्तो हुनेछ विशेषता

सुजुकीले अर्काे वर्ष नयाँ स्पोर्ट्स बाइक लन्च गर्ने, यस्तो हुनेछ विशेषता

सुजुकीले ईआईसीएमए २०२२ मा जीएसएक्स–८एस नामको नयाँ बाइक सार्वजनिक गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...