३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड

सुजुकी मोटर कर्पोरेशनले जुलाई २०२४ मा मासिक बिक्रीको लागि नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले कूल १ लाख १६ हजार ७१४ युनिट बिक्री गरेको छ, जुन सन् २०२३ को जुलाईमा बिक्री भएको युनिटको तुलनामा वार्षिक ८ प्रतिशतले वृद्धि भएको छ ।

घरेलु बजारमा नयाँ उचाइ सेट गर्दै सुजुकी मोटरसाइकल इण्डिया प्राइभेट लिमिटेडले पहिलो पटक १ लाख युनिटको अङ्‍क पार गरेको छ । कम्पनीले जुलाई २०२४ मा १ लाख ६०२ युनिट बिक्री गरेको थियो । सोही महिना कम्पनीले १६ हजार ११२ युनिट निर्यात गरेको थियो । यो बिक्री कम्पनीले गत वर्षको बिक्री भन्दा २५ प्रतिशत बढि हो ।  

बिक्री उपलब्धिको बारेमा कुरा गर्दै कम्पनीका प्रबन्ध निर्देशक केनिची उमेदाले जुलाई २०२४ मा १ लाख १६ हजारभन्दा बढी स्कुटर र मोटरसाइकलको अहिलेसम्मकै उच्च बिक्री रेकर्ड गरेको बताए । घरेलु बजारमा हाम्रा उत्पादनको माग राम्रो भएकाले महिनामा २५ प्रतिशतले बिक्री बढेको उनले बताए ।

जुलाई २०२४ मा कम्पनीले फेस्टिभ सिजनको लागि सुजुकी एक्सेस १२५ र सुजुकी बर्गम्यान स्ट्रिटलाई विशेष उत्सव रङमा प्रस्तुत गरेको छ। साथै कम्पनीले २०२४ सुजुकी एभेनिस ४ वटा नयाँ रङ, बोल्ड र फ्युचरिस्टिक ग्राफिक्स सहित लन्च गरेको छ ।

सम्बन्धित समाचारहरू

२०२६ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट परीक्षणमा देखियो, अन्डरबडी सीएनजी ट्याङ्की र एडास फिचर हुने अनुमान

२०२६ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट परीक्षणमा देखियो, अन्डरबडी सीएनजी ट्याङ्की र एडास फिचर हुने अनुमान

मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र...

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक...

अन्ततः लन्च भयो सुजुकीको नयाँ एसयूभी जिम्नी, जान्नुहोस् यसको मूल्य र फिचर

अन्ततः लन्च भयो सुजुकीको नयाँ एसयूभी जिम्नी, जान्नुहोस् यसको मूल्य र फिचर

लामो समयको प्रतीक्षापछि अन्ततः मारुती सुजुकीले भारतीय बजारमा जिम्नी फोर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...