सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प सुरु, ७ भाग्यमानी ग्राहकलाई आकर्षक एसेसरिज प्याकेज

काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले मनसुन फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ । आज देखि प्रारम्भ भएको सो क्याम्प आगामी मंगलबार सम्म चल्ने छ ।

KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE नारामा मनसुन फ्रि सर्भिस क्याम्पको आयोजना गरेको हो । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन गरिएको पनि कम्पनीले जनाएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसेसरिज प्याकेज पनि जित्न सक्ने छन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउने छन् भने लेवर चार्जमा २० प्रतिशत सम्मको छुट र स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।

सुजुकीको मनसुन फ्रि सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

सम्बन्धित समाचारहरू

आकर्षक लुक्स र हाई-टेक फिचर सहित नयाँ जेनेरेसन मारुती सुजुकी डिजायर लन्च

आकर्षक लुक्स र हाई-टेक फिचर सहित नयाँ जेनेरेसन मारुती सुजुकी डिजायर लन्च

मारुती सुजुकीले नयाँ पुस्ताको डिजायर एसयूभी लन्च गरेको छ । जसको आकर्षक...

नेपाली बजारमा २५ लाख भन्दा कम मूल्यका सुजुकीका ५ कार, यस्तो छ मूल्य

नेपाली बजारमा २५ लाख भन्दा कम मूल्यका सुजुकीका ५ कार, यस्तो छ मूल्य

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्ये एक मारुती सुजुकीसँग सबैभन्दा बढी...

इलेक्ट्रिक अवतारमा लन्च हुँदै वागन आर

इलेक्ट्रिक अवतारमा लन्च हुँदै वागन आर

एक वर्षको अन्तरालपछि मारुती सुजुकी वागन आर इलेक्ट्रिक कार परीक्षणको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...