सुजुकीले ल्याउँदै सबैभन्दा सस्तो हाइब्रिड कार, ३५ किमी माइलेजको दाबी
मारुती सुजुकीले सबैभन्दा सस्तो हाइब्रिड कार बजारमा ल्याउने तयारी...
एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय नयाँनयाँ मोडलका यूटिलिटी भेइकल लन्च गरिरहेको छ । ह्याचब्याक र सेडान कारको बिक्रीमा ठूलो हिस्सा ओगट्न सफल सुजुकीले भारतमा एसयुभीको माग बढ्न थालेपछि आफूलाई पनि सोही सेग्मेन्टमा केन्द्रित गर्दै लगेको हो । सोहि क्रममा कम्पनीले नयाँ मोडल लन्च गर्ने क्रमलाई तिब्रता दिँदै लगेको छ ।
सुजुकीसंग हाल एसयूभीमा ब्रेजा, ग्रान्ड भिटारा, जिम्नी र फ्रङ्क्स लगायत एसयूभी उपलब्ध छन् । आफ्नो प्रतिस्पर्धी ब्रान्डले जुन सेग्मेन्टमा बजार जमाउँदै लगेको छ, त्यसलाई टक्कर दिने रणनिती अन्तर्गत उसले पछिल्लो समय नयाँ मोडल लन्च गर्ने रफ्तारलाई तिब्रता दिन थालेको हो ।
सोही क्रममा सुजुकीले माईक्रो एसयूभी सेग्मेन्टमा लोकप्रिय वनिरहेका हुन्डाई एक्स्टर र टाटा पन्चलाई टक्कर दिने गरी नयाँ मोडल ल्याउने तयारी थालेको समचार वाहिर आएको छ । प्रोडक्ट पोर्टफोलियमो ब्रेजाभन्दा तल रहने गरी आउन लागेको सो इन्ट्रि लेबल एसयूभीलाई कम्पनीले वाई४३ कोडनेम दिएर तयार पार्न लागेको हो । नयाँ एसयूभी २०२५ सम्म बजारमा आईसक्ने अनुमान गरिएको छ ।
सो नयाँ इन्ट्रि लेबल एसयूभीसंगै सुजुकीले ग्रान्ड भिटाराको थ्री रो भर्सन समेत लन्च गर्ने योजना बनाएको छ । जसलाई उसकले वाई १७ कोडनेम दिएस उत्पादन प्रक्रिया अघि बढाएको छ । सुजुकीले २०२३ मा युटिलिटी भेइकलको बिक्री बढाएर २० प्रतिसत हिस्सा पुर्याएको छ ।
मारुती सुजुकीले सबैभन्दा सस्तो हाइब्रिड कार बजारमा ल्याउने तयारी...
मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक स्विफ्टको नयाँ जेनरेसनको...
काठमाडौं – मित्रपार्कस्थित सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...