नयाँ र पुरानो बोलेनोमा यस्तो छ भिन्नता
मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने...
सुजुकीले आफ्नो लोकप्रिय म्याक्सी स्कुटर बर्गम्यान स्ट्रिट १२५ को अपडेट मोडल लन्च गरेको छ। कम्पनीले सो स्कुटरको मूल्य १ लाख ३ हजार भारु तोकेको छ।
नयाँ बर्गम्यान स्ट्रिट १२५ को लुक प्रिमियम र आकर्षक बनाइएको छ । म्याक्सी स्कुटर स्टाइलमा तयार गरिएको सो स्कुटरको नयाँ च्यासिस अघिल्लो मोडलको तुलनामा करिब ५०० ग्राम हलुका बनाइएको छ । स्कुटरमा स्प्लिट रिफ्लेक्टरयुक्त फुल एलईडी हेडलाइट र फ्रन्टमा इन्टिग्रेटेड एलईडी डे टाइम रनिङ लाइट जडान गरिएको छ। एलईडी टेललाइटले रातको समयमा राम्रो भिजन प्रदान गर्ने कम्पनीको दाबी छ। सो स्कुटरमा लामो स्टेप अप सिट, बलियो रियर ग्र्याब रेल तथा अगाडि र पछाडि दुवैतर्फ १२ इन्चका अलोय ह्विल जडान गरिएको छ। यसको प्रिमियम भेरिएन्टमा पियानो ब्ल्याक वा कपर-गोल्ड फिनिस प्रयोग गरिएको छ ।
सुविधाको हिसाबले नयाँ बर्गम्यान स्ट्रिट १२५ आफ्नो सेगमेन्टकै सबैभन्दा आधुनिक स्कुटरमध्ये एक मानिएको छ। यसमा स्मार्ट किलेस इन्ट्री सिस्टम जडान गरिएको छ । साथै टप भेरिएन्टमा ४.२ इन्चको कलर टीएफटी डिस्प्ले उपलब्ध गराएको छ भने बेस भेरिएन्टमा एलसीडी डिस्प्ले दिइएको छ।
आराम र थप प्रभावकारी बनाउन स्कुटरमा एक्सटेन्डेड फ्लोरबोर्ड राखिएको छ, जसले लामो यात्रामा खुट्टा सहज रूपमा फैलाएर बस्न मद्दत गर्छ। साथै फ्रन्ट एप्रोनमा मोबाइल चार्जिङका लागि यूएसबी पोर्ट, ग्लोभ बक्स र ओपन स्टोरेज उपलब्ध छ। सिटमुनिको स्टोरेज क्षमता बढाएर २४.६ लिटर बनाइएको छ ।
सेफ्टीका लागि स्कुटरमा कम्बाइन्ड ब्रेकिङ सिस्टम जडान गरिएको छ । फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ। यसमा साइड स्ट्यान्ड इन्जिन कट-अफ, ह्याजार्ड स्विच र पास लाइट स्विचजस्ता सेफ्टी फिचर पनि समावेश गरिएको छ।
नयाँ बर्गम्यान स्ट्रिट १२५ मा १२४ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर-कुल्ड फ्युल इन्जेक्सन इन्जिन जडान गरिएको छ। सो इन्जिनले ८.४ पीएसको पावर र १०.२ एनएमको टर्क उत्पादन गर्छ । अपडेट सीभीटी सिस्टमका कारण सो स्कुटरले ३० देखि ६० किलोमिटर प्रतिघण्टाको पिकअप र टर्क दिने कम्पनीले दाबी गरेको छ।
मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने...
कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...
सुजुकी मोटरसाइकल इन्डियाले भारत र हाल नेपालमा समेत बलियो बन्दै गएको १२५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...