इलेक्ट्रिक भर्सनमा लन्च हुने भयो सुजुकी जिम्नी

मारुती सुजुकीले प्लान २०३० अन्तर्गत इलेक्ट्रिक कारको बारेमा ठूलो घोषणा गरेको छ । सो योजना अनुसार कम्पनीले २०३० मा जिम्नी एसयूभीलाई इलेक्ट्रिक भर्सनमा लन्च गर्ने पक्का भएको छ । इलेक्ट्रिक भर्सनमा आउने जिम्नी एसयूभी बडी–अन–फ्रेम च्यासिसमा आधारित हुनेछ ।

जिम्नी इलेक्ट्रिकलाई फोर ह्विल ड्राइभट्रेनमा लन्च गरिने छ । यसको दुबै एक्सलमा इलेक्ट्रिक मोटर जडान गरिनेछ । जिम्नी ईभी ५ डोर भर्सनमा पेश गर्नेछ । मारुतीले जिम्नी ईभीलाई पहिले युरोपियन बजारमा लन्च गर्ने योजना बनाएको छ ।

रिपोर्टका अनुसार कम्पनीले सन् २०३० सम्ममा ६ वटा इलेक्ट्रिक सवारी साधन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले अटो एक्सपो २०२३ मा सार्वजनिक गरेको ईभीएक्स इलेक्ट्रिक एसयूभी २०२५ मा लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

कम्पनीले जिम्नी ईभीको टेक्नोलोजीको बारेमा आधिकारिक रूपमा खुलासा गरेको छैन । यद्यपि, रिपोर्टका अनुसार जिम्नी ईभी फुल चार्जमा ३५० देखि ४०० किमी रेन्जको हुनेछ ।

मारुती सुजुकी जिम्नीलाई अटो एक्सपो २०२३ मा फाइभ डोर भर्सनमा प्रदर्शन गरिएको थियो । यो भन्दा पहिले यसलाई थ्री डोर भर्सनमा विदेशी बजारमा बिक्रीका लागि तयार गरिन्थ्यो । हाल यसको बुकिङ पनि शुरु भएको छ र २०२३ जुनमा लन्च हुने अनुमान गरिएको छ ।

जिम्नीमा १.५ लिटर के१५बी पेट्रोल इन्जिन छ जसले १०३ बीएचपीको पावर र १३४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प रहेको छ । सो एसयूभीका सबै भेरिएन्टमा कम्पनीले फोर बाई फोर ड्राइभ सिस्टम स्ट्यान्डर्ड फिचरको रूपमा उपलब्ध गराउनेछ ।

सम्बन्धित समाचारहरू

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अवको केही दिनपछि अर्को नयाँ ब्रान्डको इलेक्ट्रिक...

नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

काठमाडौं –आईएम मोटर्सको प्रिमियम एसयूभी ‘आईएम–६’ अगामी साउन २१ देखी सुरु...

नाडा ईभी एक्स्पोमा यस्तो छ हिरो इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर

नाडा ईभी एक्स्पोमा यस्तो छ हिरो इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर

काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा ईभी एक्सपोमा हिरो इलेक्ट्रिक स्कुटरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...