मारुती सुजुकी जिम्नी जुन ५ मा लन्च हुँदै, जान्नुहोस् मूल्य र फिचर

मारुती सुजुकीको बहुप्रतीक्षित अफरोड एसयूभी जिम्नी जुन ५ मा भारतीय बजारमा लन्च हुने भएको छ । मिडिया रिपोर्टका अनुसार जिम्नीको मूल्य सोही दिन घोषणा गरिनेछ ।

नयाँ जिम्नी ५ डोर एसयूभी २०२३ लागे पश्चात सार्वजनिक गरिएको थियो र सोही दिन यसको बुकिङ पनि खुल्ला गरिएको थियो । जिम्नीको बुकिङ खुल्ला गरेको केही समयमा नै ३० हजारभन्दा बढी बुकिङ प्राप्त भएको थियो । कम्पनीले सन् २०२४ मा यो गाडी ४ लाख ७५ हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।

इन्जिन पावर
मारुती जिम्नीमा १.५–लिटर के१५बी पेट्रोल इन्जिन जडान गरिएको छ । सो इन्जिन ५ स्पिड म्यानुअल वा ४ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ । यो इन्जिनले आइडल स्टार्ट÷स्टप टेक्नोलोजी सहित ६,००० आरपीएममा १०५ बीएचपी पावर र ४,००० आरपीएममा १३४.२ एनएम टर्क जेनेरेट गर्छ ।

माइलेज
म्यानुअल र अटोमेटिक ट्रान्समिसनको साथमा पेट्रोल इन्जिनले क्रमशः १६.९४ किलोमिटर र १६.३९ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । मारुती जिम्नी ३ मोडको साथ लो रेन्ज गियरबक्स २डब्ल्युडी हाई, ४डब्ल्युडी हाई र ४डब्ल्युडी लोमा उपलब्ध हुनेछ ।

फिचर
नयाँ जिम्नी जेटा र अल्फा गरी २ ट्रिममा पेश गरिनेछ । अल्फा ट्रिममा ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम, अर्कामिस साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, किलेस स्टार्ट, एलईडी हेडल्याम्प, फगल्याम्प, अटो हेडल्याम्प, अलोय ह्विल, ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, रिभर्सिङ क्यामेरा र आईएसओफिक्स चाइल्ड सिट जस्ता फिचर दिइएको छ ।

साइज
मारुती सुजुकी जिम्नीको लम्बाई ३९८५ एमएम, चौडाइ १६४५ एमएम, उचाइ १७२० एमएम, ह्विलबेस २५९० एमएम र २१० एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसको बुट स्टोरेज २०८ लिटरको छ । एसयूभीमा १५ इन्चको टायर उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

काठमाडौँ – भारतमा लगातार १० वर्षदेखि बिक्रीको आधारमा नम्बर १ पोजिसनमा...

सुजुकीले ल्यायो एक्सेस १२५ को नयाँ संस्करण, यस्तो छ विशेषता

सुजुकीले ल्यायो एक्सेस १२५ को नयाँ संस्करण, यस्तो छ विशेषता

सुजुकीले आफ्नो लोकप्रिय स्कुटर, सुजुकी एक्सेसको पछिल्लो संस्करण लन्च...

सुजुकीले न्युजिल्याण्डमा रोक्यो फ्रंक्सको बिक्री, यस्तो छ कारण

सुजुकीले न्युजिल्याण्डमा रोक्यो फ्रंक्सको बिक्री, यस्तो छ कारण

अष्ट्रेलियन एनक्याप(एएनसीएपी) ले गरेको क्र्यास टेष्टमा खराब प्रदर्शन पछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...