अन्ततः लन्च भयो सुजुकीको नयाँ एसयूभी जिम्नी, जान्नुहोस् यसको मूल्य र फिचर

लामो समयको प्रतीक्षापछि अन्ततः मारुती सुजुकीले भारतीय बजारमा जिम्नी फोर ह्विल फिचरसहित लन्च गरेको छ । जिम्नीलाई कम्पनीले जेटा र एल्फा गरी २ भेरिएन्टमा लन्च गरेको छ ।

कम्पनीले जिम्नीको म्यानुअल जेटा भेरिएन्टको मूल्य १२ लाख ७५ हजार भारु राखेको छ । यसको टप भेरिएन्ट एल्फाको म्यानुअल भेरिएन्टको मूल्य १३ लाख ६९ हजार र अटोमेटिक ट्रान्समिशनको मूल्य १४ लाख ८९ हजार राखेको छ । यो मूल्य यसको सिंगल टोन भेरिएन्टको हो ।

जिम्नीमा कम्पनीले १४६२ सीसी इन्जिन जडान गरेको छ । सो इन्जिनले १०४.८ पीएस पावर र १३४.२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ४० लिटरको पेट्रोल ट्याङ्की दिइएको छ । साथै यसमा ५ स्पिड म्यानुअल र फोर स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ ।

नयाँ जिम्नीको लम्बाई ३९८५ एमएम, चौडाइ १६४५ एमएम, उचाइ १७२०, ह्विलबेस २५९० एमएम र ग्राउन्ड क्लियरेन्स २१० एमएम छ । जिम्नीमा २०८ लिटरको बुट स्पेस प्रदान गरेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर बढाउन सकिन्छ ।

जिम्नीमा हार्ड टप, क्ल्यामसेल बोनट, अटो हेडल्याम्प, हेडल्याम्प वासर, एलईडी हेडल्याम्प, फगल्याम्प, रियर वाइपर, पुस बटन स्टार्ट÷स्टप, क्रुज कन्ट्रोल, क्लाइमेट कन्ट्रोल, पावर विन्डोज, स्टेयरिङ माउन्टेड कन्ट्रोल, २२.८६ सेमी इन्फोटेनमेन्ट, टचस्क्रिन सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार प्ले जस्ता फिचरहरू उपलब्ध छन् ।

जिम्नीमा सेफ्टीका लागि फ्रन्ट एयरब्याग, साइड कर्टेन एयरब्याग, लिमिटेड स्लिप डिफरेंन्सियल, एबीएस, ईबीडी, ईएसपी, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ब्रेक असिस्ट फङसन, रियरभ्यु क्यामेरा, साइड इम्प्याक्ट डोर बिम, सिट बेल्ट रिमाइन्टर, आइसोफिक्स चाइल्ड एन्करेज र इन्जिन इमोबिलाइजर जस्ता फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

कुमारी बैंकले सुजुकी गाडी किन्न सजिलै कर्जा दिने, बैंक र सीजी मोटोकर्प बीच सम्झौता

कुमारी बैंकले सुजुकी गाडी किन्न सजिलै कर्जा दिने, बैंक र सीजी मोटोकर्प बीच सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र सीजी मोटोकर्पका बीच ग्राहकहरूलाई सुजुकी...

ईभीएक्स लन्च हुनु अगाबै २५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी

ईभीएक्स लन्च हुनु अगाबै २५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी

भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च...

स्पोर्टी लुक र हाइटेक फिचर सहित आयो वागनआर फेसलिफ्ट मारुती सुजुकीको नयाँ मोडल

स्पोर्टी लुक र हाइटेक फिचर सहित आयो वागनआर फेसलिफ्ट मारुती सुजुकीको नयाँ मोडल

२०२३ सुजुकी वागन आर फेसलिफ्ट अपडेट डिजाइन, स्पोर्टी लुक र हाइटेक फिचर सहित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...