परीक्षणमा देखियो सुजुकीको नयाँ ब्रेजा, एडास र नयाँ हाइब्रिड इन्जिनसहित आउने सम्भावना
मारुती सुजुकीको लोकप्रिय सब ४ मिटर एसयूभी ब्रेजा परीक्षणका क्रममा देखिएको...
मारुती सुजुकी इन्भिक्टोको बुकिङ शुरु भएको छ । भारतमा कम्पनीको वेबसाइट वा डिलरसिपमार्फत सो एमपीभी बुकिङ गर्न सकिन्छ । इन्भिक्टो टोयोटा इनोभा हाइक्रसमा आधारित एमपीभी हो ।
कम्पनीले सो नयाँ एमपीभी आगामी जुलाई ५ मा लन्च गर्नेछ । सो कार टोयोटा र मारुती सुजुकीको संयुक्त लगानीमा उत्पादन गरिने छ र यसको बिक्री नेक्सा डिलरशिप मार्फत गरिनेछ । बजारमा पहिले देखि मार्केट लिडर बनेको सुजुकी अर्टिगाको स्थान यसले लिनेछ । यसबाट अन्य प्रतिस्पर्धीलाई पनि दवाव पर्नेछ भने ७ सिटर कारको बजारलाई पनि परिवर्तन गर्ने अनुमान गर्न सकिन्छ ।
इन्भिक्टो हाइब्रिड मोडलमा मात्र उपलब्ध हुने बताइएको छ । यसमा इलेक्ट्रिक मोटरसहितको २.० लिटर पेट्रोल इन्जिन हुनेछ । त्यसैगरी यसमा म्यानुअल गियरबक्स नहुने र अटोमेटिकमा मात्र उपलब्ध हुने मारुती सुजुकीको पहिलो मोडल हुने समेत बताइएको छ ।
सो एसयूभीको तस्बिर इन्टरनेटमा पनि देख्न सकिन्छ । यसमा ग्रान्ड भिटारा जस्तो डिजाइन अपडेट गरिएको छ ।
कारको डाइमेन्सनमा भने कुनै परिवर्तन गरिएको छैन । मारुती सुजुकी प्रिमियम एमपीभी ७ सिटरमा पेश गरिनेछ र ८ सिटर कन्फिगरेसन उपलब्ध हुनेछ वा छैन भन्ने बारे कुनै जानकारी दिइएको छैन । रूफलाइन, रियर बम्पर र टेलगेट माथि सारिएको छ ।
यसको क्याबिनमा भने सानो परिवर्तन गरिएको छ । यसमा फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, लेयर्ड ड्यासबोर्ड, एडीएएस टेक्नोलोजी, पानोरामिक सनरुफ जस्ता फिचर समावेश हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...