फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु
सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण...
सुजुकीले आफ्नो नयाँ पुस्ताको सुपरस्पोर्ट मोटरसाइकल जीएसएक्स२५०आर पेश गरेको छ। हालका लागि भने सो बाइक चिनियाँ बजारमा मात्र लन्च गरिएको हो ।
नयाँ जीएसएक्स२५०आर सुजुकी र हाओजुले संयुक्त रूपमा विकास गरेका हुन्। यसको फ्रन्ट डिजाइन सुजुकीको चर्चित सुपरबाइक हायाबुसाबाट प्रेरित देखिन्छ। बाइकको फेसिया निकै आक्रामक र स्पोर्टी शैलीमा तयार गरिएको छ । साथै फ्रन्टमा विंगलेट्स पनि समावेश गरिएको छ । विंगलेट्सले बाइकलाई कन्ट्रोल गर्न मद्दत गर्छ । हावाको दबाव कम गर्न यसमा एयरोडायनामिक फ्रन्ट विन्डस्क्रिन र फेयरिङमा ओआरभीएम पनि जडान गरिएको छ ।
सुपरस्पोर्ट मोटरसाइकल भएकाले यसको राइडिङ पोजिसन पनि स्पोर्टी बनाइएको छ। यसका लागि लो सेट क्लिपअन ह्यान्डलबार र पछाडि सारिएका फुटरेस्ट प्रयोग गरिएको छ । पछाडिको सिट भने केही अग्लो राखिएको छ, जसले लामो यात्रामा पनि सहज अनुभव दिने अपेक्षा गरिएको छ।
नयाँ जीएसएक्स२५०आरमा सिङ्गल ओभरहेड क्यामशाफ्ट सिस्टमसहितको भेरिएबल भल्भ एक्टुएसन प्रविधि समावेश गरिएको छ। सो इन्जिनले करिब ३० बीएचपी पावर जेनेरेट गर्छ । भेरिएबल भल्भ एक्टुएसन प्रविधिका कारण उच्च गतिमा उत्कृष्ट प्रदर्शन प्राप्त हुने तथा कम र मध्यम गतिमा पनि पर्याप्त पावर उपलब्ध हुने कम्पनीको दाबी छ।
सो बाइकमा ब्लुटुथ जडान गरिएको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुनेछ, जसमा टर्न–बाइ–टर्न नेभिगेसन र कल अलर्टजस्ता सुविधा समावेश हुनेछ । सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक सस्पेन्सन प्रयोग गरिएको छ। सेफ्टीका लागि अगाडि र पछाडि दुवै पाङ्ग्रामा डिस्क ब्रेकसँगै ड्युअल च्यानल एबीएस फिचर समावेश गरिएको छ।
सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण...
कठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता...
काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...