बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा जनवरी महिनामा बिक्री भएका कारहरुको तथ्यांक सार्बजनिक भएको छ । कोरोना महामारी नियन्त्रण भएसंगै बिगत ३ महिनायता भारतमा कारको बिक्री उल्लेख्य बृद्धि हुन थालेको तथ्यांकले देखाएको छ । गत महिना बिक्री भएका कारमध्ये सर्बाधिक बिक्री हुने सुचीको उत्कृष्ट पाँच स्थानमा सुजुकीले कब्जा जमाएको छ ।
सुचीको पहिलो स्थानमा १८ हजार २ सय ६० युनिटसहित अल्टो पर्न सफल भएको छ भने दोस्रो स्थानमा रहेको स्विफ्ट कुल १७ हजार १ सय ८० युनिट बिक्री भएको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको वागन आर १७ हजार १ सय ६५ युनिट बिक्री भएको छ । बोलेनो कुल १६ हजार ६ सय ४८ युनिटसहित चौथो र डिजायर १५ हजार १ सय २५ युनिट बिक्री हुँदै पाँचौ स्थानमा पर्न सफल भएको छ ।
सुचीको छैठौ स्थानमा हुन्डाई क्रेटा पर्न सफल भएको छ । क्रेटा जनवरी महिनामा कुल १२ हजार २ सय ८४ युनिट बिक्री भएको तथ्यांकले देखाएको छ । त्यसैगरी सातौ स्थानमा समेत हुन्डाइकै भेन्यु पर्न सफल भएको छ । भेन्यू ११ हजार ७ सय ७९ युनिट बिक्री भएको हो । आठौ स्थानमा रहेको सुजुकी इको ११ हजार ६ सय ८० युनिट बिक्री भएको छ भने हुन्डाई ग्रान्ड आई १० नियोस १० हजार ८ सय ६५ युनिट बिक्री हुँदै नवौं स्थानमा रहन सफल भएको छ । दशौ स्थानका लागि समेत सुजुकीले नै स्थान सुरक्षित गरेको छ । कुल १० हजार ६ सय २३ युनिट सहित भिटरा ब्रेजा दशौं स्थानमा रहन सफल भएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...