नेक्सनलाई उछिन्दै ब्रेजा बन्यो सेगमेन्टमा नम्बर १ कार, पन्चको पनि बम्पर बिक्री
सेप्टेम्बर २०२२ को कम्प्याक्ट एसयूभी सेगमेन्टको बिक्री तथ्याङ्क अनुसार...
जापानी अटोमोबाइल कम्पनी सुजुकीले तेस्रो संस्करणको सुजुकी हायाबुसा सुपरबाइक भारतमा अप्रिल २६ मा लन्च गर्ने भएको छ । लन्चिङ पछि सो बाइकको तुरुन्तै बिक्री पनि सुरु हुनेछ ।
सुजुकीको सो बाइक विश्वभर बिक्री गरिनेछ । यद्यपि नेपालमा भने अहिले नै उपलब्ध हुने छैन । केही दिन पहिले सुजुकीले सो नयाँ सुपरबाइक अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक गरेको थियो । त्यसपछि २०२१ सुजुकी हायाबुसा बाइक भारतीय वेबसाइटमा लिस्ट गरिएको थियो ।
कम्पनीले सो बाइकको भिडियो पनि सार्वजनिक गरेको थियो । नयाँ हायाबुसामा कम्पनीले नयाँ लोगो डिजाइनको प्रयोग गरेको छ । यसको साथै नयाँ डिजाइनको फ्युल ट्यांक पनि देखाइएको छ ।
सो स्पोर्ट बाइकमा एरोडायनामिक फेस र क्रोम प्लेटेड लङ एक्जस्ट समावेश गरिएको छ । यसको साथै बाइकमा ७ स्पोक अलोय ह्वील समावेश गरिएको छ । २०२१ सुुजुकी हायाबुसा ३ डुअल टोन कलर विकल्पको साथमा पेश गरिने सम्भावना रहेको छ । यसमा क्याडी बर्नेट गोल्डको साथमा ग्लास स्पार्कल ब्ल्याक, क्याडी डेरिङको साथमा मेटालिक मेट स्वार्ड सिल्भर र मेटालिक मेट स्टेलर ब्लुको साथमा पर्ल ब्रिलएन्ट ह्वाइट समावेश रहेको छ ।
नयाँ २०२१ सुुजुकी हायाबुसा बाइकमा अपडेट इन्जिन समावेश गरिएको छ । यसमा १३४० सीसी इनलाइन ४ सिलिन्डर, लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । सो इन्जिन राइड बाई वायर इलेक्ट्रोनिक थ्रोटल सिस्टमबाट लेस रहेको छ । यसको साथै अपडेट इनटेक र एक्जस्ट सिस्टम रहेको छ ।
सो इन्जिनले ९७०० आरपीएममा १८७.७ बीएचपीको पावर र ७००० आरपीएममा १५० एनएमको टर्क जेनेरेट गर्छ । पुरानो मोडलको तुलनामा नयाँ बाइकले ८ बीएचपी कम पावर जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । रिपोर्टका अनुसार सो बाइकको टप स्पिड २९८ किलोमिटर प्रति घन्टा रहेको छ । सो बाइक ३.२ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टा गुड्ने क्षमता रहेको छ । यसको कुल वजन २६४ किलोग्राम र १५ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ ।
कम्पनीले बाइकमा इन्स्ट्रयुमेन्टको ट्वीन एनालग क्लक अपडेट गरिएको छ । यसको एनालग डायलको बीचमा सानो टीएफटी प्यानल समावेश गरिएको छ । अपडेट पछि पनि इन्स्ट्रयुमेन्ट कन्सोल पुरानो मोडल जस्तो देखिन्छ । सो बाइकमा मल्टी इन्जिन पावर मोड, क्विक सिफ्टर, नयाँ इलेक्ट्रोनिक सस्पेन्सन पनि अपडेट गरिएको छ ।
सो बाइकमा ५ राइडिङ मोड, मोड सेलेक्टर, इन्जिन ब्रेक कन्ट्रोल, ट्रयाक्शस कन्ट्रोल, बाय डाइरेक्सनल क्विड सिफ्ट सिस्टम र एन्टि लिफ्ट कन्ट्रोल सिस्टम जस्ता फिचर समावेश गरिएको छ । यसको एक्टिभ स्पिड लिमिटर जस्ता फिचर पनि रहेको छ । यसको सहयोगले बाइक राइडरले बाइकको स्प्डि लिमिटलाई निर्धारित गर्छ ।
सुजुकी हायाबुसा पहिलो पटक १९९८ मा लन्च भएको थियो । कम्पनीले सो मोडल २००७ सम्म बिक्री ग¥यो । सन २००८ मा सो बाइकको सेकेन्ड जेनेरेसन मोडल सार्वजनिक गरिएको थियो । हाल कम्पनीले सो बाइकको तेस्रो जेनेरेसन मोडल लन्च गर्न लागेको हो ।
सो बाइकको पुरानो मोडलको सबै युनिट मार्च २०२० सम्ममा बिक्री गरिएको थियो । पुरानो मोडलको मूल्य १३ लाख ७ हजार भारु थियो । नयाँ २०२१ मोडलको एक्स शोरुम मूल्य करिब १५ लाख भारु हुने अनुमान गरिएको छ ।
सेप्टेम्बर २०२२ को कम्प्याक्ट एसयूभी सेगमेन्टको बिक्री तथ्याङ्क अनुसार...
सुजुकी गाडीको नेपालस्थित आधिकारिक बितरक सीजी होल्डिङले स्वदेशमै सवारी...
मारुती सुजुकी अर्टिगा अपडेट सहित लन्च गरिएको छ । यसको प्रारम्भिक मूल्य ८...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...