नयाँ एडिसनमा आयो जिम्नी
मारुती सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयुभी जिम्नीको नयाँ एडिसन ‘थन्डर’...
सुजुकीले ईआईसीएमए २०२२ मा जीएसएक्स–८एस नामको नयाँ बाइक सार्वजनिक गरेको छ । सो बाइक एसभी६५० र जीएसएक्स–एस१००० बीचको मोडल हो । सो बाइक मार्चदेखि युरोप र उत्तर अमेरिकामा बिक्रीका लागि उपलब्ध हुनेछ ।
सुजुकी जीएसएक्स–८एस बाइकमा ७७६ सीसी लिक्विड कुल्ड प्यारालल ट्विन इन्जिन जडान गरिएको छ । जसले ८३ बीएचपीको पावर जेनेरेट गर्छ । उक्त बाइकलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।
कम्पनीका अनुसार सो बाइकले २३.८ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यो भी–स्ट्रोम ८०० डीई भन्दा बढी हो । जीएसएक्स–८एसको तौल पनि भी–स्ट्रोम ८०० डीई भन्दा ३० किलोग्राम कम छ ।
सो बाइकमा ब्रेकिङको लागि फ्रन्टमा ३१० एमएम फ्लोटिङ–माउन्ट डिस्क र एकल–पिस्टन क्यालिपरको साथमा रियरमा २४० एमएम डिस्क ब्रेक जडान गरिएको छ । फेमको फ्रन्टमा १३० एमएम एड्जस्टेबल केवाईबी लिंक टाइप रियर सस्पेन्शनको साथमा जोडिएको छ ।
बाइकमा राइड बाई वायर, लो आरपीएम असिस्ट, ड्युअल च्यानल एबीएस, सुजुकी इजी स्टार्ट सिस्टम, बाई डायरेक्सनल क्विक सिफ्ट सिस्टम र अल–एलईडी लाइटिङ जस्ता फिचर दिइएको छ । यसको इन्स्ट्रयुमेन्ट क्लस्टर ५ इन्च कलर टीएफटीसँग जोडिएको छ ।
मारुती सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयुभी जिम्नीको नयाँ एडिसन ‘थन्डर’...
मारुती सुजुकी इन्डिया लिमिटेडले आगामी मिडसाइज एसयूभीको नाम ग्रान्ड...
सुजुकीले जापानमा जिम्नी नोमेडको अर्डर अस्थायी रूपमा स्थगित गरेको घोषणा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...