हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ एसयूभी ल्याउने
एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय...
काठमाडौं – नेपालमा सुजुकी मोटरसाइकल समेत एसेम्बल हुन थालेका छन् । यससँगै नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडलको मूल्य समेत समायोजन भएको छ ।
नेपालमा सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले विभिन्न मोडलको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । यस अनुसार तीन वटा मोडलको मूल्यमा ५० हजार भन्दा बढीको दरले मूल्य घटेको छ ।
नेपाली बजारमा उपलब्ध सुजुकी भी–स्ट्रोम २५० को मूल्यमा ५० हजार रुपैयाँ कमी भएको छ । पहिले यसको मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी जिक्सर २५० एसएफको मूल्यमा ५२ हजार र जिक्सर २५० को मूल्यमा ५६ हजार रुपैयाँ कमी भएको छ । नयाँ मूल्य सूची अनुसार यी मोडलको मूल्य क्रमशः ५ लाख ८७ हजार ९ सय र ५ लाख ७९ हजार ९ सय रुपैयाँ छ ।
सुजुकीका यी तीनवटै मोडल यो ब्रान्डमा धेरै रुचाइने मोडल हुन् । यी मध्ये भी–स्ट्रोम गत वर्षको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । जिक्सरका मोडल भने पहिले देखि नै नेपाली बजारमा उपलब्ध थिए ।
नेपाली बजारमा उपलब्ध सुजुकीको एभेनिस, बर्गम्यान र एक्सेस लगायतका स्कुटर मोडल पनि उपलब्ध छन् । अन्य मोडलको मूल्य भने यथावत छ ।
एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय...
भारतको सबैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक कम्पनी मारुती सुजुकीले अबको २...
काठमाडौं – नेपालमा जापानमै निर्मित भएको सुजुकी भिटारा कार भित्रिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...