मारुती सुजुकी फ्रोङ्क्सको निर्यात शुरु, नेपालमा पनि साउनभित्रै आउने

भारतमा हालै लन्च गरिएको मारुती सुजुकीको कम्प्याक्ट एसयूभी फ्रोङ्क्सको निर्यात प्रारम्भ भएको छ ।

पहिलो चरणमा ५५६ युनिट ल्याटिन अमेरिका, मध्यपूर्व र अफ्रिकाका लागि प्रस्थान गरेको छ । यस अनुसार आगामी दिनमा अन्य देशमा निर्यात हुनेछ ।

मारुती सुजुकी फ्रोङ्क्स नेपालमा समेत निकै नै प्रतीक्षा गरिएको कम्प्याक्ट एसयूभी हो । नेपालमा सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले सुजुकीका गाडीहरु बिक्री–वितरण गरिरहेको छ । कम्पनी स्रोतका अनुसार सम्भवतः साउन महिना भित्रै सो एसयूभी नेपाली बजारमा समेत भित्रिसक्ने छ ।

मारुती सुजुकीले भारतमा ७ लाख ४६ हजार भारु मूल्यमा भारतीय बजारमा फ्रोङ्क्स लन्च गरेको छ । बलेनोको प्लेटफर्ममा आधारित फ्रोङ्क्सलाई कुपे एसयूभीको रूप दिइएको छ ।

फ्रोङ्क्सको टप भेरिएन्ट लगभग १३ लाख १३ हजार भारुमा लन्च गरिएको छ । यसमा सिग्मा, डेल्टा, डेल्टा प्लस, जेटा र अल्फा ट्रिमहरू उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य कति पर्छ भन्ने वारेमा भने अहिले नै केही बताइएको छैन ।

कम्पनीले सो कार २ वटा इन्जिनमा लन्च गरेको हो । यसमा पहिलो १.२ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन छ, यसले ८९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र एएमटी विकल्पमा उपलब्ध छ । अर्कोतर्फ १.० लिटर ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ, जसले ९९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

फ्रोङ्क्समा कम्पनीले अल एलईडी हेडल्याम्प, १६ इन्च ड्युअल टोन अलोय ह्विल, एलईडी टेललाइट, कन्ट्रास्ट कलर स्किड प्लेट र टप भेरिएन्टमा ड्युअल कलरको विकल्प दिएको छ ।

कारमा ६ एयर ब्याग, ३६० डिग्री क्यामेरा, एचयूडी, एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, रियर एसी भेन्ट्स, वायरलेस चार्जर जस्ता फिचर पनि प्रदान गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्पोर्टी लुक र हाइटेक फिचर सहित आयो वागनआर फेसलिफ्ट मारुती सुजुकीको नयाँ मोडल

स्पोर्टी लुक र हाइटेक फिचर सहित आयो वागनआर फेसलिफ्ट मारुती सुजुकीको नयाँ मोडल

२०२३ सुजुकी वागन आर फेसलिफ्ट अपडेट डिजाइन, स्पोर्टी लुक र हाइटेक फिचर सहित...

मारुती सुजुकीको फ्रङ्क्स एसयूभी, यस्तो छ विशेषता

मारुती सुजुकीको फ्रङ्क्स एसयूभी, यस्तो छ विशेषता

मारुती सुजुकीले नयाँ क्रसओभर फ्रङ्क्सलाई अटो एक्सपो २०२३ मा सार्वजनिक...

अब २६ किलोमिटर भन्दा बढीको माइलेज दिने मारुती सुजुकी अर्टिगा

अब २६ किलोमिटर भन्दा बढीको माइलेज दिने मारुती सुजुकी अर्टिगा

मारुती सुजुकी अर्टिगा अपडेट सहित लन्च गरिएको छ । यसको प्रारम्भिक मूल्य ८...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...