सुजुकी ई–भिटारा टप भेरिएन्टको मूल्य सार्बजनिक

मारुति सुजुकीले ई–भिटारा सार्बजनिक गरेको लामो समयपछि यसको मूल्य बाहिर ल्याएको छ । भारतमा छिट्टै औपचारिक लन्च हुने तयारीमा रहेको ई–भिटाराको मूल्यलाई कम्पनीले आफ्नो आधिकारिक नेक्सा वेबसाइटमार्फत सार्बजनिक गरेको हो । जसअनुसार, टप भेरिएन्ट अल्फाको मूल्य २४ लाख ७९ हजार भारु पर्ने जनाइएको छ ।

डेल्टा, जेटा र अल्फा गरी कुल तीन भेरिउन्टमा उपलब्ध ई–भिटारा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध छ । यस कारले एकपटकको फुल चार्जमा ५४३ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

एसयुभीको तल्लो भेरिएन्टमा १४२ बिएचपी र १९३ एनएम टर्क जनेरेरेट गर्ने सिंगल मोटर जडान गरिएको छ भने ६१ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडित माथिल्लो ट्रिममा शक्तिशाली १७२ बिएचपी क्षमतायुक्त विद्युतीय मोटर उपलब्ध गराइएको छ ।

सुजुकीको पहिलो विद्युतीय एसयुभी ई–भिटारामा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट, ३६० डिग्री क्यामेरा, लेभल २ एडाससहित अन्थ थुप्रै फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

आगामी भदौ ५ सम्म सुजुकी एक्सचेन्ज मेला हुने, प्रचलित मूल्य भन्दा थप १५ हजार पाइने

आगामी भदौ ५ सम्म सुजुकी एक्सचेन्ज मेला हुने, प्रचलित मूल्य भन्दा थप १५ हजार पाइने

काठमाडौं – नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी...

४० वर्षपछि टाटाले मारुतीबाट खोस्यो नम्वर वानको ताज, पन्च बन्यो सर्बाधिक बिक्री हुने कार

४० वर्षपछि टाटाले मारुतीबाट खोस्यो नम्वर वानको ताज, पन्च बन्यो सर्बाधिक बिक्री हुने कार

टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...

१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ

नेपाली बजारमा सर्बाधिक विक्री हुने प्यासेन्जर कार सुजुकी ग्राहकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...