सुजुकी ई–भिटाराको देशभर डेलिभरी सुरु

काठमाडौं–सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई–भिटाराको औपचारिक डेलिभरी सुरु गरेको छ । कम्पनीले यो मोडललाई सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारीका रूपमा नेपाली बजारमा ल्याएको थियो ।

विश्वसनीय जापानी इन्जिनियरिङ, अत्याधुनिक विद्युतीय सवारी प्रविधि, उच्च सुरक्षा सुविधा तथा दैनिक प्रयोगका लागि व्यावहारिक डिजाइनका कारण ई–भिटाराले सार्वजनिक भएलगत्तै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । हाल बुकिङ गरिएका सवारीहरू सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत ग्राहकलाई हस्तान्तरण गरिएको हो ।

लन्च अफरअन्तर्गत कम्पनीले ई–भिटाराको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो विशेष मूल्य पहिलो १०० बुकिङका लागि मात्र लागू हुने बताइएको छ ।

नेपालभर रहेका २५ आधिकारिक बिक्री केन्द्र र ४० सेवा केन्द्रमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । प्रशिक्षित प्राविधिक, सहज स्पेयर पाट्र्स उपलब्धता तथा विद्युतीय सवारी सेवा पूर्वाधारले दीर्घकालीन रूपमा कम लागत र विश्वसनीय स्वामित्व अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

ई–भिटारामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्प उपलब्ध छ । यी संस्करणले क्रमशः १०८ किलोवाट र १२८ किलोवाटसम्म पावर जेनेरेट गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो आफ्नो मूल्य वर्गमा सबैभन्दा शक्तिशाली विद्युतीय एसयूभीमध्ये एक हो ।

यसमा १०.१ इन्चको डिजिटल डिस्प्ले, १०.२५ इन्चको बहु–सूचना डिस्प्ले, ‘इन्फिनिटी बाइ हार्मन’ ध्वनि प्रणाली, वायरलेस कनेक्टिभिटी, स्थिर काँचयुक्त सनरुफ, हावायुक्त सिट तथा बहुरङ्गी वातावरणीय प्रकाशजस्ता प्रिमियम सुविधा उपलब्ध छन् ।

साथै, इको, नर्मल र स्पोट्र्स ड्राइभिङ मोडसँगै ‘स्नो टेरेन मोड’ र रिजेनेरिटिभ ब्रेकिङ सिस्टम पनि समावेश गरिएको छ । कम्पनीले ई–भिटाराले ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने जनाएको छ ।

५० प्रतिशतभन्दा बढी हाई टेन्साइल स्टिल प्रयोग गरी निर्माण गरिएको यस एसयूभीमा लेभल–२ एडास, ७ वटा एयरब्याग, सबै चक्कामा डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम र ई–कल जस्ता आधुनिक सेफ्टि फिचर्स उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

सबैभन्दा धेरै बिक्री हुने भ्यान ११ वर्षपछि नयाँ भर्सनमा आउँदै

सबैभन्दा धेरै बिक्री हुने भ्यान ११ वर्षपछि नयाँ भर्सनमा आउँदै

भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले...

३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड

३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड

सुजुकी मोटर कर्पोरेशनले जुलाई २०२४ मा मासिक बिक्रीको लागि नयाँ रेकर्ड...

नयाँ प्रविधि र अल–ह्वील ड्राइभमा आउँदै सुजुकी फ्रंक्स

नयाँ प्रविधि र अल–ह्वील ड्राइभमा आउँदै सुजुकी फ्रंक्स

मारुती सुजुकीले आफ्नो लोकप्रिय सब कम्प्याक्ट एसयूभी फ्रंक्सको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...