मारुती सुजुकी वागनआर फेसलिफ्ट आउने, देखियो परीक्षणमा
मारुती सुजुकीले यस वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक वागनआरको फेसलिफ्ट...
काठमाडौं - सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले नयाँ वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो ।
यो योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै थप स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ पाइने कम्पनीले जानकारी गराएको छ ।
त्यस्तै, फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो ग्राहकहरुले आफै छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने बताइएको छ ।
यो योजना २०८० चैत १४ गतेदेखि शुरु भएको छ र आगामी २०८१ जेठ १८ गतेसम्म लागु हुनेछ ।
मारुती सुजुकीले यस वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक वागनआरको फेसलिफ्ट...
मधेश प्रदेशमा मोटरसाइकल तथा स्कुटर अन्तर्गत १२५ सीसीसम्मको लागि २७००, १२६...
नेपालमा बीएस६ मापदण्डको स्कुटर आयात गर्ने कम्पनीमा सुजुकी मोटरसाइकल तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...