२०२६ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट परीक्षणमा देखियो, अन्डरबडी सीएनजी ट्याङ्की र एडास फिचर हुने अनुमान
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र...
सुजुकीले जापानमा जिम्नी नोमेडको अर्डर अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेको छ । लन्च भएको ४ दिनमा एसयूभीका लागि ५० हजार बुकिङ प्राप्त भएको र ३.५ वर्षको ब्याकलग सिर्जना गरेका कारण बुकिङ रद्ध गर्नुपरेको कम्पनी भनाई छ ।
रेगुलर भर्सनको ५ डोर संस्करणलाई सुजुकीले जिम्नी नोमेड, नाम दिएको छ । यसलाई सुजुकीले विशेष रूपमा भारतको गुरुग्राममा रहेको सुजुकीको प्लान्टमा निर्माण गर्दै आएको छ । जापानको लागि यसको उत्पादन हाल प्रति महिना १ हजार २०० युनिटमा सीमित छ ।
कम्पनीले आफ्नो आधकारिक वेबसाइटमा लेखेको छ, ‘अर्डर रद्ध गर्नु परेका कारण ग्राहकहरूसँग हामी माफी चाहन्छौं । हाम्रा उत्पादनहरूमा तपाईंको रुचिको लागि धेरै धेरै धन्यवाद । जिमनी नोमेड धेरै राम्रोसँग प्राप्त भएको छ, र हामीले हाम्रो उत्पादन क्षमता भन्दा धेरै अर्डरहरू प्राप्त गरेका छौं । फलस्वरूप, हामी अस्थायी रूपमा अर्डर रद्ध गर्न बाध्य भयौैं । हामी भविष्यको उत्पादन अवस्थालाई ध्यानमा राख्दै, अर्डरहरू कहिले खुल्ने बारे अद्यावधिकहरू प्रदान गर्नेछौं । असुविधाको लागि हामी ईमानदारीपूर्वक क्षमा चाहन्छौं र तपाईंको बुझाइको कदर गर्दछौं ।’
सुजुकीले अझै कहिलेदेखि अर्डर लिन सुरु गर्ने भनेर घोषणा गरेको छैन । जिम्नी नोमेडको पहिलो डेलिभरी अप्रिल ३ देखी सुरु हुने जनाइएको छ । कम्पनीले जापानमा सो एसयूभीका लागि सबै योजनाबद्ध प्रदर्शनी कार्यक्रमहरू पनि रद्द गरेको छ ।
जापान बाहेक दक्षिणपूर्वी एसिया, दक्षिण अफ्रिका, ल्याटिन अमेरिका र मध्यपूर्वमा पनि जिम्नी ५ डोर निर्यात भइरहेको छ ।
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र...
भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...
मारुतीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा इलेक्ट्रिक गाडी ल्याउने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...