सुजुकीले जापानमा माफी माग्दै रद्ध गर्यो जिम्नीको बुकिङ, यस्तो छ कारण

सुजुकीले जापानमा जिम्नी नोमेडको अर्डर अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेको छ । लन्च भएको ४ दिनमा एसयूभीका लागि ५० हजार बुकिङ प्राप्त भएको र ३.५ वर्षको ब्याकलग सिर्जना गरेका कारण बुकिङ रद्ध गर्नुपरेको कम्पनी भनाई छ ।

रेगुलर भर्सनको ५ डोर संस्करणलाई सुजुकीले जिम्नी नोमेड, नाम दिएको छ । यसलाई सुजुकीले विशेष रूपमा भारतको गुरुग्राममा रहेको सुजुकीको प्लान्टमा निर्माण गर्दै आएको छ । जापानको लागि यसको उत्पादन हाल प्रति महिना १ हजार २०० युनिटमा सीमित छ ।

कम्पनीले आफ्नो आधकारिक वेबसाइटमा लेखेको छ, ‘अर्डर रद्ध गर्नु परेका कारण ग्राहकहरूसँग हामी माफी चाहन्छौं । हाम्रा उत्पादनहरूमा तपाईंको रुचिको लागि धेरै धेरै धन्यवाद । जिमनी नोमेड धेरै राम्रोसँग प्राप्त भएको छ, र हामीले हाम्रो उत्पादन क्षमता भन्दा धेरै अर्डरहरू प्राप्त गरेका छौं । फलस्वरूप, हामी अस्थायी रूपमा अर्डर रद्ध गर्न बाध्य भयौैं । हामी भविष्यको उत्पादन अवस्थालाई ध्यानमा राख्दै, अर्डरहरू कहिले खुल्ने बारे अद्यावधिकहरू प्रदान गर्नेछौं । असुविधाको लागि हामी ईमानदारीपूर्वक क्षमा चाहन्छौं र तपाईंको बुझाइको कदर गर्दछौं ।’

सुजुकीले अझै कहिलेदेखि अर्डर लिन सुरु गर्ने भनेर घोषणा गरेको छैन । जिम्नी नोमेडको पहिलो डेलिभरी अप्रिल ३ देखी सुरु हुने जनाइएको छ । कम्पनीले जापानमा सो एसयूभीका लागि सबै योजनाबद्ध प्रदर्शनी कार्यक्रमहरू पनि रद्द गरेको छ ।
जापान बाहेक दक्षिणपूर्वी एसिया, दक्षिण अफ्रिका, ल्याटिन अमेरिका र मध्यपूर्वमा पनि जिम्नी ५ डोर निर्यात भइरहेको छ ।

सम्बन्धित समाचारहरू

सुजुकीका दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक, यस्तो छ सवै भेरिएन्टको मूल्य र फिचर

सुजुकीका दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक, यस्तो छ सवै भेरिएन्टको मूल्य र फिचर

सुजुकीका दुई नयाँ एसयूभी ग्रान्ड भिटारा र नयाँ ब्रेजा औपचारिक रुपमा...

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

नयाँ मारुती सुजुकी भिटारा एसयूभी आउदै, क्रेटा र सेल्टोससँग प्रतिस्पर्धा गर्ने

मिड साइज एसयूभीको बिक्री बढ्दै गएको छ, लगभग सबै अटोमोबाइल कम्पनीले सो...

नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...