३६० डिग्री क्यामेरा र विभिन्न फिचर सहितको यस्तो हुनेछ सुजुकीको नयाँ बलेनो ह्याचब्याक

मारुती सुजुकी बलेनोको नयाँ मोडलको फोटो र फिचर लन्च हुनुअघि नै लिक भएको छ । अपडेटेड फिचर्सका साथ बलेनो आफ्नो सेगमेन्टको सबैभन्दा फिचर्ड कार हुनेछ । यो २३ फेब्रुअरीमा लन्च हुनेछ । कम्पनीले भारतमा यसको बुकिङ सुरु गरिसकेको छ ।

एक्सटेरियर
लिक भएको फोटो अनुसार बलेनो २०२२ मा नयाँ स्टिचको साथ डिजाइन गरिएको छ । यसले नयाँ फ्रन्ट फेस, फराकिलो ग्रिल र थ्री इलिमेन्ट डीआरएल सहितको हेडलाइटको नयाँ सेट हुनेछ । फगल्याम्प पनि पहिलाको मोडलको तुलनामा ठूलो हुनेछ ।

इन्टेरियर
यस प्रिमियम ह्याचब्याकमा ३६० डिग्री क्यामेरा उपलब्ध हुनेछ । यो फिचर भएको आफ्नो सेगमेन्टको पहिलो कार हुनेछ । यसमा ९ इन्चको स्मार्टप्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ । सो कार सुजुकी र टोयोटाले संयुक्त रुपमा बनाएको हो । यसको इन्फोटेनमेन्ट सिस्टमले वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले समर्थन गर्छ । कारमा एचयुडी फिचर पनि रहेको छ ।

स्टेयरिङबाट नियन्त्रण गरिने फिचर
नयाँ बलेनोमा कनेक्टेड कार टेक्नोलोजीको साथमा वायरलेस फोन चार्जिङ, एलेक्सा भ्वाइस कमाण्ड, हेड्सअप डिस्प्ले, नयाँ फ्ल्याट बटम स्टेयरिङ ह्विल र क्रुज कन्ट्रोललगायत अन्य फिचर समावेश गरिएको छ । यसको धेरैजसो फिचरहरू स्टेयरिङबाट नियन्त्रण गर्न सकिन्छ । कारको फ्रन्टमा पनि डिजिटल मिटर उपलब्ध हुनेछ ।

३६० भ्यू क्यामेरा
सो प्रिमियम ह्याचब्याकमा ३६० भ्यू क्यामेरा उपलब्ध हुनेछ । मारुतीको कुनै पनि कारमा यो फिचर पहिलो पटक उपलब्ध हुन लागेको हो । यसमा ६ वटा एयरब्यागसहितको इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम जस्ता फिचर पनि उपलब्ध हुनेछ ।

इन्जिन र पावर
सो कारमा २ वटा इन्जिनको विकल्प रहेको छ । पहिलो १.२ लिटर पेट्रोल इन्जिन हुनेछ, जसले ८३ बीएचपी पावर जेनेरेट गर्नेछ । अर्को विकल्पको रुपमा १.२ लिटर ड्युअलजेट पेट्रोल इन्जिन हुनेछ, जसले ९० बीएचपीको पावर जेनेरेट गर्नेछ । यो म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पको साथ उपलब्ध हुनेछ । बलेनोको प्रारम्भिक एक्स–शोरूम मूल्य करिब ७ लाख भारु हुने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

सुजुकी ई–भिटाराको फिचर सार्बजनिक, १० वटा कलरमा छान्न पाइने

मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित ईभी ई–भिटाराको फिचर र कलर अप्सन...

इलेक्ट्रिक अवतारमा लन्च हुँदै वागन आर

इलेक्ट्रिक अवतारमा लन्च हुँदै वागन आर

एक वर्षको अन्तरालपछि मारुती सुजुकी वागन आर इलेक्ट्रिक कार परीक्षणको...

नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...