हुन्डाई एक्स्टर र टाटा पन्चसंग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ एसयूभी ल्याउने
एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय...
सुजुकीले भारतीय बजारमा नयाँ स्कुटर सुजुकी एभेनिस लन्च गरेको छ । नयाँ १२५ सीसी स्कुटर भविष्यमा आधारित छ । स्कुटरमा भएका एड्भान्स फिचरका साथै आकर्षक स्पोर्टी स्टाइलिङ र अतिरिक्त सुविधाका कारण यसले भविष्यमा राम्रो बजार लिने अपेक्षा गरिएको छ ।
कहिलेदेखि बिक्री हुन्छ ?
सुजुकी मोटरसाइकल इन्डियाले डिसेम्बरमा सुजुकी एभेनिसको बिक्री सुरु गर्नेछ । स्कुटर भारतभर रेस एडिसनको रूपमा प्रस्ताव गरिएको मेटालिक ट्राइटन ब्लू कलर सहित ५ नयाँ रङमा उपलब्ध हुनेछ । रेस एडिसनको सो भेरिएन्ट सुजुकी रेसिङ ग्राफिक्सले सुसज्जित हुनेछ ।
दमदार फिचर
न्यु सुजुकी एभेनिस एसईपी टेक्नोलोजी र सुजुकी राइड कनेक्टले सुसज्जित रहेको र यसले गर्दा सबैभन्दा स्पोर्टी र तीव्र गतीको सवारी हुने कम्पनीले जानकारी दिएको छ । ब्लुटुथ डिजिटल कन्सोलको साथमा सुजुकी राइड कनेक्ट एप्लिेकेशन मार्फत मोबाइल फोन सिंक गर्न सकिन्छ । जसमार्फत राइडरले टर्न बाई टर्न नेभिगेसन, इनकमिङ कल, एसएमएस र ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल र अनरिड एसएमएस अलर्ट, ओभर स्पिड अलर्ट, फोनको ब्याट्री स्तर डिस्प्ले र आगमनको अनुमानित समय जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।
एड्भान्स फिचर
सुजुकी एभेनिस कन्सोललाई एन्ड्रोइड र एप्पल दुवै फोनमा जडान गर्न सकिन्छ । फोन जडान गर्न आफ्नो एन्ड्रोइड टीएम वा आईओएस डिभाइसमा ’सुजुकी राइड कनेक्ट’ एप डाउनलोड गर्नुपर्छ र एप्लिेकेसन इन्स्टल गरिसके पछि प्रयोगकर्ताले स्कुटरलाई फोनबाट कनेक्ट गर्न सकिन्छ । त्यसपछि नेभिगेसन असिस्टेन्स र लास्ट पार्क लोकेसन र ट्रिप रिपोर्ट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।
लुक र डिजाइन
सुजुकी एभेनिसमा फ्युल भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप पेश गरिएको छ । सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस र फ्रन्ट बक्स जस्ता फिचर रहेको छ । एड्भान्स स्पोर्टी स्टाइलिङ, मोटरसाइकलबाट प्रेरित रियर इन्डिकेटर, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्पले सुसज्जित रहेको छ । सुजुकी एभेनिसमा एड्भान्स स्पोर्टी डिजाइन रहेको छ । जसमा मोटरसाइकलबाट प्रेरित स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर समावेश छ ।
इन्जिन र पावर
सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।
मूल्य
नयाँ सुजुकी एभेनिस स्कुटरको दिल्लीमा एक्स शोरुम मूल्य ८६ हजार ७०० भारु तोकिएको छ ।
प्रतिस्पर्धा
भारतीय बजारमा सुजुकी एभेनिसको प्रतिस्पर्धा टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोसँग हुनेछ । सुजुकीले पहिले नै १२५ लाइनअपमा एक्सेस र बर्गम्यान स्ट्रिट उपलब्ध गराएको भए पनि अब यो नयाँ स्कुटरले भने बजारमा नयाँ पहिचान कायम गर्ने अपेक्षा गरिएको छ ।
एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय...
मारुती सुजुकीले अल्टोको टुर एच१ भेरिएन्ट लन्च गरेको छ । यो कार मारुती...
मारुती सुजुकी इन्डिया लिमिटेडले आगामी मिडसाइज एसयूभीको नाम ग्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...