अपडेट सहित सुजुकीको नयाँ एस–क्रस २५ नोभेम्वरमा लन्च गर्ने
मारुती सुजुकीले चाँडै नयाँ पुस्ताको लक्जरी ह्याचब्याक एस–क्रस भारतीय...
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नयाँ सुजुकी एक्सेस १२५ बीएस६ ओबीडी–२बी स्कुटर आधिकारिक रूपमा लन्च गरेको छ। यो स्कुटर अहिले नेपालभरिका सबै अधिकृत सुजुकी डिलरशिपमा उपलब्ध भएको कम्पनीको भनाइ छ। यसको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
भारतको १२५ सीसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटरको रूपमा चिनिएको एक्सेस १२५ आफ्नो पर्फमेन्स, एड्भान्स इमिसन कम्प्लायन्स र आकर्षक रङ विकल्पहरूसहित नेपाली बजारमा प्रवेश गरेको छ।
यस नवीनतम संस्करणमा १२४ सीसी, एयर–कुल्ड, फ्युल इन्जेक्सन, सिंगल–सिलिन्डर बीएस६ इन्जिन छ जुन ओबीडी–२बी अन–बोर्ड डायग्नोस्टिक मापदण्डयुक्त छ । यो हाल लागू भएको सबैभन्दा कडा उत्सर्जन नियमन हो । यसले ८.३ बीएचपी पावर र १०.२ एनएम टर्क उत्पादन गर्छ, जसले नेपालको शहरी र राजमार्ग दुवै सवारीका लागि सहज अनुभव प्रदान गर्दछ।
सुजुकी एक्सेस १२५ सोलिड आइस ग्रीन, पर्ल साइनी बेज, मेटालिक म्याट स्टेलर ब्लु, पर्ल ग्रेस ह्वाइट र मेटालिक म्याट ब्ल्याक गरी पाँच आकर्षक कलरमा उपलब्ध छ ।
यो स्कुटरको कर्ब वे १०६ किलोग्राम छ भने यसमा ५.३ लिटरको इन्धन ट्यांकी छ । यसमा इलेक्ट्रिक र किक स्टार्ट सिस्टम उपलब्ध छ ।
सुजुकी एक्सेस १२५ बीएस६ ओबीडी–२बी अब नेपालभरिका सबै अधिकृत सुजुकी डिलरशिपमा उपलब्ध भएको र यसको मूल्य विवरण, टेस्ट राइड र आफ्नो मनपर्ने रङको उपलब्धताका लागि नजिकैको शोरूम भ्रमण गर्न कम्पनीले अनुरोध गरेको छ ।
सुजुकी एक्सेस १२५ आफ्नो सुरुवातदेखि नै भारतको १२५ सीसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटर हो। आराम, भरपर्दोपन र परिष्कृत प्रदर्शनका लागि प्रख्यात यो स्कुटर प्रत्येक पुस्तासँगै विकसित हुँदै नेपाली स्कुटर बजारमा नयाँ मापदण्ड स्थापित गर्न आएको कम्पनीको भनाइ छ।
मारुती सुजुकीले चाँडै नयाँ पुस्ताको लक्जरी ह्याचब्याक एस–क्रस भारतीय...
एसयूभी सेग्मेन्टमा निकै आक्रमक देखिएको मारुती सुजुकीले पछिल्लो समय...
काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...