ब्याज नलाग्ने स्किममा सुजुकी मोटरसाइकल र स्कुटर
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज...
सुजुकी मोटरसाइकल इण्डियाले एक्सेस १२५ स्कुटरको ६० औं लाख युनिटलाई रोलआउट गरेको छ । कम्पनीले १७ वर्षको अबधीमा एउटै मोडलको उत्पादन ६० लाख युनिट गरेर नयाँ माइलस्टोन हाँसिल गरेको हो ।
१२५ सिसी सेग्मेन्टमा भारतकै पहिलो स्कुटरका रुपमा सन् २००७ मा लन्च गरिएको एक्सेस हालपनि सर्बाधिक बिक्री हुने मोडलमा पर्छ । यो स्कुटरलाई भीजी अटोमोबाइल्सले सन् २०१६ मा आयोजना भएको नाडा अटो शोमार्फत नेपालमा लन्च गरेको थियो । त्यतिवेला यसको मुल्य १ लाख ९० हजार रुपैयाँ तोकिएको थियो ।
नेपाली बजारमा लन्च भएको सुरुवाती समयमा राम्रै बजार पाएको एक्सेस १२५ को बजार केही समयपछि नराम्रोसंग खस्किन थाल्यो । ११० सिसी सेग्मेन्टका स्कुटरको माग अत्याधिक बृद्धि हुँदा एक्ससेको बिक्री प्रभावित बनेकोे थियो ।
पछि बजारमा टिभिएस र याहाले १२५ सिसीका नयाँ स्कुटर ल्याएर राम्रो व्यापार गर्दा पनि एक्ससेको बजारले भने गति लिन सकेन । त्यसो त नेपालमा एक्सेसको मात्र नभई समग्र सुजुकी टु–ह्विलरकै बजार नराम्रोसंग खस्किएको छ ।
पछिल्लो ५ महिनाको आयत तथ्यांक हेर्दा सुजुकीले जम्मा ३०० युनिटमात्र स्कुटर आयत गरेको देखिन्छ । जवकी सो अबधीमा होन्डा एक्लैले २० हजारभन्दा बढी तथा टीभीएसले १२ हजार बढी स्कुटर आयात गरेका छन् ।
गुणस्तर र पर्फमेन्समा अब्बल हुँदाहुँदै पनि सुजुकीले नेपालमा राम्रो बजार पाउन नसक्नुका पछाडी वितरक कम्पनी भिजी अटोमोबाइल्सको कमजोरी प्रष्ट देखिन्छ । बिक्री पछिको सेवामा ध्यान दिन नसक्दा सुजुकी ब्रान्डमा ग्राहकको विश्वास कम हुँदै गएको हो । हाल यो ब्रान्ड नेपालको टु–ह्विलर बजारमा गुमनाम जस्तै बनेको छ ।
यस्तो छ एक्सेस १२५
सुजुकी इको पर्फमेन्स (एसईपी) प्रविधि दिएको यस स्कुटरमा फ्युल इन्जेक्सन प्रबिधी उपलब्ध छ ।
स्कुटरमा १२५ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले, ८.५८ बिएचपी पावर तथा १० एनएम टर्क जनेरेट गर्ने सामथ्र्य राख्दछ ।
हल्का वजन र १६० एमएम ग्राउन्ड क्लिरियरन्स भएको यसमा लामो सिट, फराकिलो फ्लोरबोर्ड र २२.३ लिटर अण्डर सिट स्टोरेज छ । साथै यसमा वान–पुस सेन्ट्रल लकिङ प्रणाली, ब्लुटुथ–सक्षम डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र कम्वाइन्ड ब्रेकिङ सिस्टम जस्ता फिचर उपलब्ध गराइएको छ ।
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज...
मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टलाई विभिन्न समयमा...
काठमाडौं–सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभले निशुल्क सर्भिस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...