२०० किमी रेन्ज सहित सुपर सोकोका दुई इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा दुई नयाँ स्पोर्टी मोटरसाइकल भित्रिने भएका छन् । नेपालका लागि सुपर सोकोको आधिकारिक वितरक डी लाइफस्टाइल्सले यी मोटरसाइकल उपलब्ध गराउने भएको हो ।

कम्पनीले सुपर सोको टीएस स्ट्रिट हन्टर र टीसी वान्डरर गरी दुई मोटरसाइकल उपलब्ध गराउने बताएको छ । लिमिटेड संख्यामा मात्र उपलब्ध हुने यी मोटरसाइकलको बुकिङ खुला गरिएको छ ।

दुवै मोटरसाइकलमा ३ हजार ५ सय वाटको मोटर प्रयोग गरिएको छ । यसले १८० एनएम पिक टर्क जेनेरेट गर्छ । यसको टप स्पिड ७५ किलोमिटर प्रतिघण्टा छ ।

यी मोटरसाइकलमा ६० भोल्ट ३२ एएचको ड्युअल ब्याट्री प्रयोग गरिएको छ र यसले सिंगल चार्जमा २ सय किलोमिटरको रेन्ज दिन्छ । सिंगल ब्याट्री १० एम्पियर करेन्टमा चार्ज गर्दा साढे ३ घण्टामा फुल चार्ज हुन्छ ।

सुपर सोको टीएस स्ट्रिट हन्टरमा पर्फमेन्स अप्टिमाइज गर्नका लागि सेल्फ डेभलप्ड बीएमओएस इन्टेलिजेन्ट इन्टर्याक्टिभ सिस्टम छ । त्यसैगरी यसमा सार्प फ्याङ–सेप्ड हेडलाइट, रेसिङ स्टाइल साइड विङ, ठूलो स्टोरेज स्पेस, लोअर सेन्टर अफ ग्राभिटी, बेटर कन्ट्रोल, थ्री डाइमेन्सनल रेसिङ कुशन, सीबीएस ब्रेकिङ सिस्टम, एन्टी थेफ्ट अलार्म, वान प्रेस स्टार्ट आदि विशेषता उपलब्ध छ ।

सुपर सोको टीसी वान्डररमा चाहिं क्लासिक राउन्ड सेपको ल्याम्प छ । यसको सबैतिर एलईडी लाइटिङ सेटअप छ । यसले गर्दा ब्राइटर लाइट र वाइडर भिजन हुन्छ ।

यो मोटरसाइकल भिन्टेज मोडलमा आधारित छ, जसले गर्दा स्ट्रिमलाइन्ड र रग्ड बडी स्टाइलको छ । राइडरलाई यसले फ्रिडम र एड्भेन्चर स्पिरिट दिन्छ । यसमा रेट्रो फिलिङ टच उपलब्ध छ भने पर्सनालिटी शो गर्न पनि सहयोग गर्छ ।

यसमा भएको इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमले ब्याट्रीलाई ३६० डिग्री रियल टाइम मोनिटरिङ र प्रोटेक्सन गर्छ ।

यसमा पनि सीबीएस लिंकेज, एन्टी थेफ्ट सिस्टम, स्मार्ट रिमोट, वान प्रेस स्टार्ट आदि फिचर उपलब्ध छन् ।

सुपर सोको टीएस स्ट्रिट हन्टरको मूल्य ३ लाख ७९ हजार ९ सय र सुपर सोको टीसी वान्डररको मूल्य ३ लाख ८९ हजार ९ सय रुपैयाँबाट प्रारम्भ हुने कम्पनीको भनाइ छ ।

सुपर सोकोका शोरुममार्फत यी मोटरसाइकल बुकिङ गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको...

दुई ब्रान्डमार्फत महिन्द्राले ५ इलेक्ट्रिक एसयूभी ल्याउने, ग¥यो सार्वजनिक

दुई ब्रान्डमार्फत महिन्द्राले ५ इलेक्ट्रिक एसयूभी ल्याउने, ग¥यो सार्वजनिक

महिन्द्राले भारतको स्वतन्त्रता दिवसको अवसरमा २ वटा ब्रान्डका ५ वटा...

आयो एयरब्याग भएको हेलमेट

आयो एयरब्याग भएको हेलमेट

हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...