नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक बाइक सुपर सोको टीसी म्याक्स (मूल्य र विशेषता सहित)

नेपाली बजारमा सुपर सोको टीसी म्याक्स इलेक्ट्रिक बाइक बिक्रीका लागि उपलब्ध छ । क्याफे रेसर डिजाइनमा उपलब्ध सुपर सोको कम्पनीको यो बाइक नेपाली बजारमा बिक्रीका लागि हाल उपलब्ध थोरै ब्रान्ड मध्ये एक मात्र इलेक्ट्रिक बाइक हो ।

यसमा ५ हजार वाटको मोटर छ, जुन नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक दुई पांग्रे सवारी मध्ये सबैभन्दा पावरफुल हो । पेट्रोलबाट चल्ने बाइकसँग तुलना गर्दा यसको क्षमता १६० सीसी जस्तै मान्न सकिन्छ ।

यो बाइकमा ७२ भोल्ट, ४५ एएचको ब्याट्री छ । ब्याट्रीलाई ५ घण्टा भित्रै फुल चार्ज गर्न सकिन्छ । सिंगल चार्जमा यसले ११० किलोमिटर सम्मको रेन्ज दिन्छ । १९८ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको सिट हाइट ७७० एमएम छ ।

अन्य बाइक जस्तो यसमा गियर सिस्टम हुँदैन । यसमा मोड अनुसार चलाउन मिल्ने सुविधा हुन्छ र यसमा नर्मल, इकोनोमिक र स्पोर्ट गरी तीन मोड छ । मोड अनुसार यसलाई ४०–५०, ६०–७० र १००–११० किलोमिटर प्रतिघण्टा सम्मको स्पिडमा चलाउन सकिन्छ ।

युरोपेली डिजाइन अनुसार बिल्ड क्वालिटी भएकाले ११० सम्मको स्पिडमा जादा पनि यो बाइक बत्तिदैन । युकेको कम्पनीले चीनमा निर्माण गरेको यो बाइक युरोपेली गुणस्तर अनुसार डिजाइन गरिएको छ । यसले गर्दा गुणस्तरमा कुनै सम्झौता नगरिएको कम्पनीको भनाइ छ ।

यो बाइकमा रिमोट कि, वार्निङ, एन्टी–थेफ्ट सिस्टम आदि फिचर उपलब्ध छन् । त्यसैगरी डाइनामिक एलईडी हेडलाइट, हाई पावर सेन्ट्रल मोटर, एलसीडी इलेक्ट्रोनिक इन्स्ट्रयुमेन्ट प्यानल र फ्रन्ट तथा रियर दुवैमा सीबीएस डिस्क ब्रेक लगायतका विभिन्न फिचर उपलब्ध छन् ।

यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । स्टक सकिन थालेको र नयाँ स्टक आगामी दिनमा उपलब्ध हुने भएकाले भविष्यमा यसको मूल्य बढ्न सक्ने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा डी–लाइफस्टाइल्स प्रालिले सुपर सोकोको यो बाइक बिक्री–वितरण गरिरहेको छ । इलेक्ट्रिक सवारी साधनका लागि बैंकहरुले ८० प्रतिशत सम्म लोन उपलब्ध गराउने भएकाले शुरुमा २० प्रतिशत मात्र रकम तिरेर यो बाइकलाई आफ्नो बनाउन सकिन्छ ।

ग्राहकको क्षमता हेरेर शून्य डाउन पेमेन्टमा समेत बाइक उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । बाँकी रकम मासिक रुपमा ५ हजार ७५० रुपैयाँको दरले ३ वर्ष सम्म बुझाउन सकिने स्किम समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

नेपालका प्रतिष्ठित बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक,माछापुछ्रे बैंक आदिमार्फत ग्राहकलाई ऋण उपलब्ध हुने डी–लाइफस्टाइलले बताएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ अप्रिलियाको इलेक्ट्रिक बाइक, कन्सेप्ट सार्वजनिक

यस्तो हुनेछ अप्रिलियाको इलेक्ट्रिक बाइक, कन्सेप्ट सार्वजनिक

विभिन्न कम्पनीहरुले बजारमा इलेक्ट्रिक सवारी साधन ल्याउने कार्य गरिरहेका...

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

परीक्षणका लागि साझाले ३ वटा विद्युतीय बस ल्याउँदै

काठमाडौं- निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय...

रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ वटा मात्र बन्ने, फिचर सुन्दा नै होस उड्ने

रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ वटा मात्र बन्ने, फिचर सुन्दा नै होस उड्ने

प्रिमियम लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले संसारकै सबैभन्दा महंगो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...