४२० किमी सम्म रेन्ज दिने इनर्जिका इगो प्रिमियम इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल नेपालमा
नेपाली बजारमा पहिलो पटक विश्व प्रसिद्ध इटालियन ब्रान्ड इनर्जिकाका...
नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये सुपर सोको सीपीएक्स एक हो । यसलाई नेपाली बजारमा डी–लाइफ स्टाइल्सले आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।
यसमा सिंगल र डबल दुवै प्रकारको ब्याट्री उपलब्ध छ । सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य ४ लाख ६० हजार र डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
सिंगल ब्याट्री भएको स्कुटरलाई सिंगल चार्जमा १०० किलोमिटर र डबल ब्याट्री भएको स्कुटरलाई २०० किलोमिटर चलाउन सकिन्छ ।
रिभर्स गियर, ठूलो सिट, रिजर्भ ब्याट्री, यूएसबी चार्जिङ पोर्ट, रिमोट की, १६ इन्चको टायर, डबल डिस्क आदि यो स्कुटरका विशेषता हुन् । यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा छ ।
यसमा ६० भोल्ट, ४५ एम्पियरको ब्याट्री छ । त्यसैगरी ४ हजार वाटको मोटर छ । मोटरमा २ वर्ष एवं ब्याट्रीमा २ वर्ष र ३ वर्ष वारेन्टी र ग्यारेन्टी कम्पनीले उपलब्ध गराउने बताएको छ ।
३ वर्षको अवधिमा ब्याट्रीको चार्ज ७० प्रतिशत भन्दा कम भएको अवस्थामा अर्को ब्याट्री कम्पनीले उपलब्ध गराउछ । सुपर सोकोले आफ्नै ब्याट्री प्रयोग गर्ने भाएकाले यसरी ग्यारेन्टी समेत उपलब्ध गराउने गरेको कम्पनीको भनाइ छ ।
घरको सामान्य चार्जिङ पोर्टमा यसलाई चार्ज गर्न सकिन्छ । कम्पनीले उपलब्ध गराउने सुपर सोको चार्जरको सहयोगले यसलाई सामान्यतः साढे ३ घण्टामै फुल चार्ज गर्न सकिन्छ ।
नेपाली बजारमा पहिलो पटक विश्व प्रसिद्ध इटालियन ब्रान्ड इनर्जिकाका...
विश्व अटो उद्योगको भविष्य विद्युतीय सवारीमा छ। अमेरिकी राष्ट्रपति जो...
काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...