विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भयो बीवाईडी, ६ महिनामा बेच्यो साढे १२ लाख गाडी
चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडी विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा...
नेपाली बजारमा उपलब्ध विभिन्न इलेक्ट्रिक स्कुटर मध्ये सुपर सोको सीपीएक्स एक हो । यसलाई नेपाली बजारमा डी–लाइफ स्टाइल्सले आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।
यसमा सिंगल र डबल दुवै प्रकारको ब्याट्री उपलब्ध छ । सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य ४ लाख ६० हजार र डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
सिंगल ब्याट्री भएको स्कुटरलाई सिंगल चार्जमा १०० किलोमिटर र डबल ब्याट्री भएको स्कुटरलाई २०० किलोमिटर चलाउन सकिन्छ ।
रिभर्स गियर, ठूलो सिट, रिजर्भ ब्याट्री, यूएसबी चार्जिङ पोर्ट, रिमोट की, १६ इन्चको टायर, डबल डिस्क आदि यो स्कुटरका विशेषता हुन् । यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा छ ।
यसमा ६० भोल्ट, ४५ एम्पियरको ब्याट्री छ । त्यसैगरी ४ हजार वाटको मोटर छ । मोटरमा २ वर्ष एवं ब्याट्रीमा २ वर्ष र ३ वर्ष वारेन्टी र ग्यारेन्टी कम्पनीले उपलब्ध गराउने बताएको छ ।
३ वर्षको अवधिमा ब्याट्रीको चार्ज ७० प्रतिशत भन्दा कम भएको अवस्थामा अर्को ब्याट्री कम्पनीले उपलब्ध गराउछ । सुपर सोकोले आफ्नै ब्याट्री प्रयोग गर्ने भाएकाले यसरी ग्यारेन्टी समेत उपलब्ध गराउने गरेको कम्पनीको भनाइ छ ।
घरको सामान्य चार्जिङ पोर्टमा यसलाई चार्ज गर्न सकिन्छ । कम्पनीले उपलब्ध गराउने सुपर सोको चार्जरको सहयोगले यसलाई सामान्यतः साढे ३ घण्टामै फुल चार्ज गर्न सकिन्छ ।
चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडी विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा...
काठमाडौं – नेपालमा चांगान अन्तर्गत दिपल ब्रान्डको आधिकारिक वितरक...
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...