राइडर मेनियामा सार्वजनिक भयो रोयल इन्फिल्डको हाल सम्मकै सबैभन्दा बढी तौलको मोटरसाइकल

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक भएको छ । भारतको गोवामा चलिरहेको राइडर मेनिया २०२२ मा सो मोटरसाइकल सार्वजनिक भएको हो । यद्यपि कम्पनीले सो मोटरसाइकल आधिकारिक रुप्मा भने आगामी २०२३ जनवरीमा मात्र लन्च गर्ने बताएको छ ।

नामका आधारमा यो मोटरसाइकल हाल बजारमा उपलब्ध मेटियर ३५० को माथिल्लो भर्सन जस्तो लाग्छ । तर नाम वाहेक यी दुई मोटरसाइकलमा अन्य केही समानता छैन ।

रोयल इन्फिल्ड सुपर मेटियर ६५० पुरै नयाँ च्यासिसमा आधारित छ भने इन्टरसेप्टर र जीटी ६५० पछि ६५० सीसीको प्यारालल ट्विन इन्जिन उपलब्ध तेस्रो मोटरसाइकल हो ।

यो मोटरसाइकलमा अपसाइड डाउन शोवा फोर्क्स छ, जुन रोयल इन्फिल्डमा पहिलो पटक प्रयोग गरिएको हो । त्यसैगरी आल्मुनियम स्विच, अलोय ह्विल, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ट्रिपर नेभिगेसन, फरवार्ड सेट फुटपेग, ठूलो र फराकिलो ह्यान्डलबार, डिस्क ब्रेक तथा पुरै रिडिजाइन गरिएको एक्जस्ट सिस्टम छ ।

क्रुजर प्लेटफर्ममा भएकाले यो मोटरसाइकललाई धेरैले रुचाउने अपेक्षा गरिएको छ । अन्य जस्तै यसमा पनि ६४८ सीसीको एयर तथा वाटरकुल्ड प्यारालल ट्विन इन्जिन जडान गरिएको छ, जसले ४६ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ । यसमा १५.७ लिटरको इन्धन ट्यांकी छ भने तौल २४१ किलोग्राम छ, जसले गर्दा यो अहिले सम्म रोयल इन्फिल्डको सबै भन्दा बढी तौलको मोटरसाइकल बनेको छ ।

यद्यपि यसको सिट हाइट भने ७४० एमएम छ भने १३५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

स्ट्यान्डर्ड र टुरर गरी दुई भेरिएन्टमा यो मोटरसाइकल उपलब्ध हुनेछ । राइडर मेनियामा रजिस्टर गरेका सहभागीहरुले यो मोटरसाइकल अहिले नै बुकिङ गर्न पाएका छन् । यद्यपि सबैका लागि भने जनवरीमा मात्र बुकिङ खुला हुनेछ । यसको मूल्य ४ लाख भारु हाराहारी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बिएस६ भर्सन भित्रिएसंगै एउटै मोडलमा ७० हजार रुपैयाँ सम्मले बढ्यो जावा बाइकको मूल्य

बिएस६ भर्सन भित्रिएसंगै एउटै मोडलमा ७० हजार रुपैयाँ सम्मले बढ्यो जावा बाइकको मूल्य

जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक अग्नी मोटो इंकले जावा र जावा...

रोयल इन्फिल्ड नेपाल अब मोटरसाइकल स्पोर्ट्समा पनि, फ्ल्याट ट्रयाक फन आयोजना गर्दै

रोयल इन्फिल्ड नेपाल अब मोटरसाइकल स्पोर्ट्समा पनि, फ्ल्याट ट्रयाक फन आयोजना गर्दै

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अब...

रोयल इन्फिल्ड शटगन ६५० आउने, देखियो परीक्षणमा

रोयल इन्फिल्ड शटगन ६५० आउने, देखियो परीक्षणमा

रोयल इन्फिल्डले विभिन्न मोडलका नयाँ बाइक बजारमा ल्याउने तयारीका साथ कार्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...