महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

काठमाडौं – महावीर पुनको नेतृत्वमा संचालित राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई यसका लागि प्रस्ताव पेश गर्न आह्वान गरेका हुन् ।

पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा चल्ने छोटो दुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ ।

यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलोमिटरसम्म चल्न सक्छन् । जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।

तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छ । सुपर क्यापासिटर लाखौं पटक चार्ज र डिस्चार्ज गर्न सकिन्छ ।

तर साधारण ब्याट्री भने करिब एक हजार पटकसम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकिन्छ । १० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरुको सुपर क्यापासिटरको ब्याट्री समेत तुलनात्मक रुपमा सस्तो हुने गर्दछ ।

अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् ।

सम्बन्धित समाचारहरू

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...

नेपाली बजारमा थपियो नयाँ ब्रान्डको इलेक्ट्रिक कार : सीजी मोटर्सले ल्यायो नेटा भी

नेपाली बजारमा थपियो नयाँ ब्रान्डको इलेक्ट्रिक कार : सीजी मोटर्सले ल्यायो नेटा भी

काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय...

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...