चुनाव प्रचारमा छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेइकल’ प्रयोग गर्न नदिने सरकारको निर्णय

काठमाडौं - सरकारले निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेइकल’ प्रयोगमा रोक लगाउने भएको छ ।

सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ ।

विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु बालेन शाह र रवि लामिछाने लगायतले यस प्रकारका भेइकल धेरै प्रयोग गरेको देखिन्छ । त्यसै गरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई एयरपोर्टमा स्वागत गर्दा पनि यस्तै गाडीमा चढेका दृश्य धेरै देखिएको छ ।

यस प्रकारको रुफटप भेइकलमा छत खोल्न मिल्ने बनाइएको हुन्छ । गाडीमा हुने सनरुफका कारण यसलाई खोल्न र बन्द गर्न सकिन्छ । अहिले धेरै गाडीमा यस्ता सनरुफ देख्न सकिन्छ ।

युरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन बढीमात्रामा रुचाइन्छन् । अझ भनौ यी देशमा कारोबार हुने प्रायः सबैजसो भेरिएन्टका सवारीसाधनमा सनरुफ अनिबार्य जस्तै गरिएको हुन्छ ।

सनरुफले गाडीभित्रको क्याबिनमा पर्याप्त प्रकाश दिनुको साथै गाडी गुडिरहेको समयमा सिटमाथिबाट बहिरी दृश्य देख्न मद्दत गर्छ । प्यासेन्जर सिटमा बस्ने यात्रुले सनरुफ खोलेर बाहिरी दृश्य हेर्दै बिन्दास यात्रा गर्न सकिने विशेषताका कारण पनि यसको लोकप्रियता चुँलिदै गएको हो ।

यद्यपि नेपाली अटो बजारमा भने यस प्रकारका फिचर्स उपलब्ध गराइएको सवारीसाधन त्यत्ति चल्तीमा रहेको पाइदैन । पहिले महंगा र बिलासी मानिने ठूला एसयूभी र सेडान कारमा यस्ता फिचर्स उपलब्ध हुने भएपनि पछिल्लो समय साना एसयूभीमा समेत यस्तो फिचर्स थप गर्न थालिएको छ ।

नेपाली बजारमा उपलब्ध साना एसयूभीको प्रायः टप भेरिएन्टमा मात्र सनरुफ दिइएको छ । सनरुफ भएका सवारीसाधन महंगो पर्ने हुँदा पनि यसो गरिएको हो । एउटै भेरिएन्टमा सनरुफ भएको र नभएको सवारीमा ३ लाख रुपैयाँसम्मले फरक पर्ने हुँदा पनि नेपाली बजारमा यो फिचर्सलाई कार पारखीले खासै रुचाएको पाइदैन ।

पछिल्लो समयमा नेपाली बजारमा बीवाईडी, टाटा, फोर्ड, किया, हुन्डाई, महिन्द्रा लगायतका विभिन्न मोडलका गाडीहरुमा पनि सनरुफ पाइन्छ ।

सम्बन्धित समाचारहरू

तपाईको सवारी साधनको कागजपत्र हरायो ? यसरी अनलाइन प्रणाली मार्फत लिनुस् प्रतिलिपि सिफारिस

तपाईको सवारी साधनको कागजपत्र हरायो ? यसरी अनलाइन प्रणाली मार्फत लिनुस् प्रतिलिपि सिफारिस

कहिलेकाहिं हतारको यात्रा तय गर्दै गर्दा र कागजपत्र बोक्न बिर्सदा अर्थात...

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेशनलाई टेलिभिजन सेट लगायत सहयोग

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेशनलाई टेलिभिजन सेट लगायत सहयोग

काठमाडौं – स्थानीय प्रशासनलाई सहयोग पुर्याउने र समुदाय पुनःस्थापनामा...

२०६५/०६६ देखि दर्ता नभएका सवारी साधनलाई फागुन मसान्त सम्म करमा जरिवाना छुट हुने

२०६५/०६६ देखि दर्ता नभएका सवारी साधनलाई फागुन मसान्त सम्म करमा जरिवाना छुट हुने

काठमाडौं – आर्थिक वर्ष २०६५/०६६ देखि नै कर दाखिला र नवीकरण नगरेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...