सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र उत्कृष्ट फिचरले सुसज्जित भएर आउँदै छ ब्रेजा

नेपाली बजारमा समेत लोकप्रिय मानिएको सुजुकीको भिटारा ब्रेजा अब थप फिचर सहित उपलब्ध हुने भएको छ । २०२२ भिटारा ब्रेजा कम्प्याक्ट एसयूभी अर्को वर्ष लन्च गर्ने कम्पनीले तयारी गरिरहेको छ । कारको इन्टेरियर र एक्सटेरियर हालै सार्वजनिक भएको छ ।

नयाँ भिटारा ब्रेजामा नयाँ डिजाइन गरिएको ग्रिल, नयाँ हेडल्याम्प र अपडेटेड बम्पर हुनेछ । साथै कारमा फ्याक्ट्री फिटेड सनरुफ पनि उपलब्ध हुनेछ । सो एसयूभी ३६० डिग्री क्यामेराले सुसज्जित हुनेछ । एन्ड्रोइड अटो, एप्पल कारप्ले कनेक्टिभिटी पनि यस कारमा हुनेछ । नयाँ भिटारा ब्रेजामा वायरलेस चार्जिङ सिस्टम, प्याडल सिफ्टर र अटोमेटिक एसी युनिट पनि हुनेछ ।

नेक्स्ट जेनेरेसन मारुती सुजुकी भिटारा ब्रेजामा हालको ब्रेजाको तुलनामा धेरै परिवर्तनहरू देख्न सकिने छ । मिडिया रिपोर्टका अनुसार नयाँ भिटारा ब्रेजामा ४८भी एसएचभीएस हाइब्रिड सिस्टम पेश गरिनेछ, जुन हालको भेरिएन्टको तुलनामा निकै शक्तिशाली र प्रभावकारी हुनेछ ।

नयाँ भिटारा ब्रेजामा १.५ लिटरको नेचुरली एस्पिरेटेड ४ सिलिन्डर पेट्रोल इन्जिन हुनेछ जसले १०४ बीएचपीको पावर जेनेरेछ गद्र्ध । उक्त कारमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसन विकल्पको रुपमा उपलब्ध हुनेछ ।

कारमा नयाँ डिजाइन गरिएको ग्रिल, हेडल्याम्प र डीआरएल हुनेछ । यसको फ्रन्ट र रियरमा खासै परिवर्तन देखिने छैन । अनुमानित रिपोर्ट अनुसार ब्रेजामा कनेक्टेड कार टेक्नोलोजी देख्न सकिन्छ । नयाँ जेनेरेसनको ब्रेजामा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभिएक्स २०२५ को मार्च...

सानदार फिचर सहित मारुती सुजुकीले ल्यायो वागनआर एक्सट्रा एडिसन

सानदार फिचर सहित मारुती सुजुकीले ल्यायो वागनआर एक्सट्रा एडिसन

मारुती सुजुकीको लोकप्रिय ह्याचब्याक कार वागनआरले बजारमा कैयौ वर्षदेखि...

हाइब्रिड टेक्नोलोजीको साथमा नयाँ सुजुकी फ्रङ्क्स आउँदै, माइलेजमा पनि सुधार

हाइब्रिड टेक्नोलोजीको साथमा नयाँ सुजुकी फ्रङ्क्स आउँदै, माइलेजमा पनि सुधार

मारुती सुजुकीले चाँडै नै आफ्नो लोकप्रिय एसयूभी फ्रङ्क्समा हाइब्रिड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...