३ लाख रुपैयाँमा लन्च भयो सुजुकी एभेनिस, प्रिमियम सेग्मेन्टमा उत्कृष्ट रहेको दावी
लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...
नेपाली बजारमा समेत लोकप्रिय मानिएको सुजुकीको भिटारा ब्रेजा अब थप फिचर सहित उपलब्ध हुने भएको छ । २०२२ भिटारा ब्रेजा कम्प्याक्ट एसयूभी अर्को वर्ष लन्च गर्ने कम्पनीले तयारी गरिरहेको छ । कारको इन्टेरियर र एक्सटेरियर हालै सार्वजनिक भएको छ ।
नयाँ भिटारा ब्रेजामा नयाँ डिजाइन गरिएको ग्रिल, नयाँ हेडल्याम्प र अपडेटेड बम्पर हुनेछ । साथै कारमा फ्याक्ट्री फिटेड सनरुफ पनि उपलब्ध हुनेछ । सो एसयूभी ३६० डिग्री क्यामेराले सुसज्जित हुनेछ । एन्ड्रोइड अटो, एप्पल कारप्ले कनेक्टिभिटी पनि यस कारमा हुनेछ । नयाँ भिटारा ब्रेजामा वायरलेस चार्जिङ सिस्टम, प्याडल सिफ्टर र अटोमेटिक एसी युनिट पनि हुनेछ ।
नेक्स्ट जेनेरेसन मारुती सुजुकी भिटारा ब्रेजामा हालको ब्रेजाको तुलनामा धेरै परिवर्तनहरू देख्न सकिने छ । मिडिया रिपोर्टका अनुसार नयाँ भिटारा ब्रेजामा ४८भी एसएचभीएस हाइब्रिड सिस्टम पेश गरिनेछ, जुन हालको भेरिएन्टको तुलनामा निकै शक्तिशाली र प्रभावकारी हुनेछ ।
नयाँ भिटारा ब्रेजामा १.५ लिटरको नेचुरली एस्पिरेटेड ४ सिलिन्डर पेट्रोल इन्जिन हुनेछ जसले १०४ बीएचपीको पावर जेनेरेछ गद्र्ध । उक्त कारमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसन विकल्पको रुपमा उपलब्ध हुनेछ ।
कारमा नयाँ डिजाइन गरिएको ग्रिल, हेडल्याम्प र डीआरएल हुनेछ । यसको फ्रन्ट र रियरमा खासै परिवर्तन देखिने छैन । अनुमानित रिपोर्ट अनुसार ब्रेजामा कनेक्टेड कार टेक्नोलोजी देख्न सकिन्छ । नयाँ जेनेरेसनको ब्रेजामा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि हुनेछ ।
लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...
मारुती सुजुकीले भारतीय बजारमा नयाँ मोडलको कार लन्च गर्ने तयारी अवस्थामा...
भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने फेमिली एमपीभीको रुपमा परिचित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...