सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरको पिक पावर ४ हजार ३ सय वाट, मूल्य ३ लाख ८० हजार हुने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने नयाँ ब्रान्ड सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एसको वारेमा थप विवरण प्राप्त भएको छ । नेपालमा हाल बेनेलीका दुई पांग्रे सवारी साधन समेत बिक्री–वितरण गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले सुनराको इलेक्ट्रिक स्कुटर रोबो–एस भित्र्याउने बताएको छ ।

सुनराको सो इलेक्ट्रिक स्कुटर निकै नै पावरफुल हुने बताइएको छ । यसमा ३ हजार वाटको रेटेड पावर र ४ हजार ३ सय वाटको पिक पावर भएको मोटर हुनेछ । सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्रीलाई ४ देखि साढे ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ । यसको मूल्य ३ लाख ८० हजार हुनेछ ।

रोबो–एसको क्लिन एन्ड स्मुथ डिजाइनले धेरैलाई लोभ्याउने अनुमान गरिएको छ । यसमा भएको इन्टिग्रेटेड एलईडी टेललाइट, ५ भोल्ट यूएसबी सेलफोन चार्जिङ, रिट्रयाक्टेबल फुटरेस्ट आदिले यात्रालाई सहज बनाउछ ।

क्रुज कन्ट्रोल प्रविधि तथा रिभर्स मोड समेत भएको यो स्कुटरमा थ्री स्पिड मोड रहेको छ । यसमा भएको वान टच स्टार्ट प्रविधिको सहयोगले टच गरेरै स्कुटर स्टार्ट गर्न सकिन्छ । अघिल्लो भागमा भएको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानलमा विभिन्न जानकारी उपलब्ध हुन्छ ।

यो स्कुटरले प्रदान गर्ने २३० एनएम पिक टर्क र ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिडले एकनास र स्मुथ खालको यात्रा अनुभव गराउछ भने कम्बाइन्ड ब्रेक सिस्टमले सुरक्षा प्रदान गर्छ ।

यही फेब्रुअरी महिना भित्रै यो स्कुटर नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने

काठमाडौं भित्रियो सिट्रोनको इलेक्ट्रिक कार ई–सी३, आइतबार देखि डेलिभरी शुरु गरिने

काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार...

निषेधाज्ञामा बाइक घरैमा थन्किएको अवस्थामा बिग्रिन सक्छ स्पार्क प्लग, यसरी गरौ सफा

निषेधाज्ञामा बाइक घरैमा थन्किएको अवस्थामा बिग्रिन सक्छ स्पार्क प्लग, यसरी गरौ सफा

कोरोना भाइरसको महामारीको कारणले गर्दा निषेधाज्ञाको स्थिति पैदा भएको छ ।...

नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

काठमाडाैं – नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...