५०० किमीको ड्राइभिङ दिने किया ईभी९को टिजर जारीे, नोभेम्बर १७ मा लन्च हुने
दक्षिण कोरियाली अटोमेकर किया मोटर्सले आफ्नो ईभी लाइनअप विस्तार गर्ने...
काठमाडौं – सुनरा इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सुनरा स्कुटरको सुनौलो मनसुन अफर ल्याएको छ । कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नबराज घिमिरेका अनुसार कम्पनीले तीन मोडल रोबो- एस, हक डबल ब्याट्री तथा हक सिंगल ब्याट्रीमा विशेष छुटको अफर ल्याएको छ।
रोबो–एसमा ६० हजार छुट, हक डबल ब्याट्रीमा ५८ हजार र हक सिंगल ब्याट्रीमा ३७ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ।
रोबो–एसमा ३ किलोवाट पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर छ। यसममा ७२ भोल्ट २० एमएएचको २ वटा लिथियम ब्याट्री उपलब्ध छ, जसमार्फत सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ। रोबो–एसको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।
हकमा १८०० वाट पावर क्षमताको मोटर रहेको छ। यो स्कुटर ७२ भोल्ट २० एमएएचको २ वटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसमार्फत सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ६५ किलोमिटर प्रति घण्टा छ। हक डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ३ लाख १७ हजार ९ सय छ भने सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य २ लाख ३६ हजार ९ सय रुपैयाँ छ ।
हालै नेपाली बजारमा सस्तो रेन्जको सुनरा के५ पनि भित्रिएको छ। यसमा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ। यसमा भएको ७२ भोल्ट ३५ एम्पियर आवरको ग्राफिन ब्याट्रीलाई एक पटक फुल चार्ज गर्न ६/७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ६० किलोमिटर प्रति घण्टाको छ। यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि तथा अन्डरसिट बुट स्पेस पाउन सकिन्छ। सुनरा के५ को मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ ।
केटीएम इन्टरनेसनलले ईभी स्कुटर बाहेक बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।
दक्षिण कोरियाली अटोमेकर किया मोटर्सले आफ्नो ईभी लाइनअप विस्तार गर्ने...
दाङ–डोङफेङ ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धिले दाङमा...
फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले न्यु जेनेरेसन ट्विङगो इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...