सुनरा इलेक्ट्रिक स्कुटरमा आयो सुनौलो मनसुन अफर, एउटै स्कुटरमा ६० हजार सम्म छुट

काठमाडौं – सुनरा इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले सुनरा स्कुटरको सुनौलो मनसुन अफर ल्याएको छ । कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नबराज घिमिरेका अनुसार कम्पनीले तीन मोडल रोबो- एस, हक डबल ब्याट्री तथा हक सिंगल ब्याट्रीमा विशेष छुटको अफर ल्याएको छ।

रोबो–एसमा ६० हजार छुट, हक डबल ब्याट्रीमा ५८ हजार र हक सिंगल ब्याट्रीमा ३७ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ।

रोबो–एसमा ३ किलोवाट पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर छ। यसममा ७२ भोल्ट २० एमएएचको २ वटा लिथियम ब्याट्री उपलब्ध छ, जसमार्फत सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ। रोबो–एसको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।

हकमा १८०० वाट पावर क्षमताको मोटर रहेको छ। यो स्कुटर ७२ भोल्ट २० एमएएचको २ वटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसमार्फत सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ६५ किलोमिटर प्रति घण्टा छ। हक डबल ब्याट्रीयुक्त स्कुटरको मूल्य ३ लाख १७ हजार ९ सय छ भने सिंगल ब्याट्रीयुक्त स्कुटरको मूल्य २ लाख ३६ हजार ९ सय रुपैयाँ छ ।

हालै नेपाली बजारमा सस्तो रेन्जको सुनरा के५ पनि भित्रिएको छ। यसमा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ। यसमा भएको ७२ भोल्ट ३५ एम्पियर आवरको ग्राफिन ब्याट्रीलाई एक पटक फुल चार्ज गर्न ६/७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पिड ६० किलोमिटर प्रति घण्टाको छ। यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि तथा अन्डरसिट बुट स्पेस पाउन सकिन्छ। सुनरा के५ को मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ ।

केटीएम इन्टरनेसनलले ईभी स्कुटर बाहेक बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागनले ४५० किमी रेन्ज भएको सस्तो इलेक्ट्रिक कार ल्याउने

फक्सवागनले ४५० किमी रेन्ज भएको सस्तो इलेक्ट्रिक कार ल्याउने

फक्सवागनले आफ्नो नयाँ आईडी टुअल इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक...

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौं – नेपाली बजारमा भर्खरै भित्रिएको चाइनिज ब्रान्ड चांगनको...

नेपाल आउने प्रतिक्षामा रहेको महिन्द्रा एक्सयूभी–४०० मा थप भए यी नयाँ फिचर

नेपाल आउने प्रतिक्षामा रहेको महिन्द्रा एक्सयूभी–४०० मा थप भए यी नयाँ फिचर

महिन्द्राले आफ्नो पहिलो ईभी एक्सयुभी–४०० मा नयाँ फिचर थप गरेको छ । सो ईभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...