म्याग्नाइट र कुशाकको सफलता, जसले अनिश्चित बनिसकेको ब्रान्डलाई बनायो स्थापित

नेपाली अटोबजारमा अहिले २ दर्जन बढी ब्रान्डका सवारीसाधन आयात भैरहेका छन् । विश्व बजारमा लोकप्रियता हासिंल गरेका प्रिमियम र महंगा कारहरु समेत एकपछि अर्को गरी नेपाल भित्रिइरहेका छन् । जसका कारण नेपालको कार बजार निकै नै प्रतिस्पर्धात्मक बन्दै गएको छ ।

प्रतिस्पर्धात्मक बन्दै गएको नेपालको अटो बजारमा कतिपय ब्रान्डलाई आफ्नो शाख जोगाउन अहिले पनि हम्मेहम्मे परिरहेको छ । माग कम भएपछि कतिपय यस्ता ब्रान्डहरु बजारमा गुमनाम बन्ने अवस्थामा पुगिसकेका छन् भने कतिपय ब्रान्डले बजारमा दरिलो उपस्थिति जनाउन थालेका छन् ।

विगतमा बजारको माग अनुसारको उत्पादन नभएका कारण बिक्री प्रभाबित बनेर संकटग्रस्त बन्ने अबस्थामा पुगिसकेका केही ब्रान्डहरुले भने अहिले नयाँ उत्पादन आएसँगै बजारमा धुम मच्चाउन थालिसकेका छन् । नयाँ उत्पादनसँगै बजारमा स्थापित हुने क्रममा रहेका ब्रान्डहरुमा निसान, स्कोडा र एमजी मोटर्स अहिले हटकेक बनेर उदाइरहेका छन् । यी ब्रान्डबारे अहिले बजारमा सर्बाधिक चर्चा समेत हुनेगरेको छ ।

जपानिज अटो ब्रान्ड निसान नेपाल भित्रिएको ४ दशक पुरा हुँदापनि विगतमा यो ब्रान्डले खासै चर्चा भने बटुल्न सकिरहेको थिएन । उच्च ब्रान्ड लिगेसी, पर्याप्त रेन्जका सवारीसाधन र बलियो तथा मजबुत इन्जिनका कारण बिश्व बजारमा लोकप्रिय बनिरहेको निसानले पछिल्लो समय नेपालमा चर्चा बटुल्न नसक्नुको एउटै कारण थियो, नेपाली ग्राहकले चाहेजस्तो उत्पादन नहुनु । सेडान कारको माग उच्च रहेको तत्कालीन समयमा सन्नी मोडलको कारोबार उत्कृष्ट रहेपनि पछि सेडानको बजार प्रभाबित बनेपछि निसान ब्रान्ड ओझेलमा परेको थियो ।

पछि आधिकारिक बितरकका रुपमा शारडा ग्रुपले यसलाई आफू मातहत लिएर बजार प्रबद्र्धनका गतिविधि बढाउँदै लगेपनि बजारमा सर्बाधिक माग हुने ह्याचब्याक र कम्प्याक्ट एसयूभी भै नसकेका कारण खासै बजार लिन सकेन । भारतीय बजारमा टेरानो एसयूभी सार्वजनिक भएपछि यसले यो सेग्मेन्टमा राम्रो बजार लिने अनुमान गरिएको थियो । तर अनुमान बिपरित यो एसयूभी भारत र नेपाल दुबै देशमा सफल हुन सकेन । पछि कम्पनीले टेरानो मोडल उत्पादन नै बन्द गनुपर्यो ।

टेरानाको असफलताबाट पाठ सिकेर पछि किक्स एसयूभीलाई बजारमा उतारेको निसानले यो एसयूभीबाट समेत खासै राम्रो नतिजा हात पार्न सकेन । भारतीय बजार नराम्रोसँग प्रभावित बनेपनि नेपालमा भने किक्सको बिक्री ठिकठाककै अवस्थामा छ । भारतमा लगतार २ वटा मोडल असफल बनेपछि यो ब्रान्डको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भएको थियो । नेपालमा समेत निसानको भविष्यलाई लिएर विभिन्न टिकाटिप्णीहरु हुन थालिसकेको थियो ।

लगतार असफल भएपनि निसानले यसलाई हार नमानी नयाँ सेग्मेन्टमा जाने निर्णय लियो र फलस्वरुप सब फोर मिटर एसयूभी म्याग्नाइटको उत्पादन थाल्यो । बाजरमा उतारिएलगत्तै एकपछि अर्को किर्तिमानी बिक्री गर्न सफल म्याग्नाइटलाई अहिले माग बमोजिम आपूर्ति गर्न नै भ्याईनभ्याईको अवस्था छ । भारतमा मात्र होइन नेपालमा समेत यो एसयूभीको माग बढिरहेको छ । म्याग्नाइट अहिले यो सेग्मेन्टको मात्र लिडर बनेर उदाइरहेको छैन यसले नेपालमा निसान ब्रान्डको डुब्नै लागिसकेको बजारलाई स्थापित समेत गराएको छ ।

निसानजस्तै चेक रिपब्लिकन ब्रान्ड स्कोडाको बजार समेत नेपालमा प्रभावित बनिरहेको थियो । स्कोडा नेपाल भित्रिंदा तत्कालीन समयमा यसले निकै राम्रो चर्चा बटुलेको थियो । युरोपियन ब्रान्ड एकाएक नेपाल भित्रिएपछि यसले भविष्यमा समेत राम्रो बजार लिने अपेक्षा गरिएको थियो । तत्कालीन समयमा यसका ¥यापिड र फाबिया कारले राम्रै लोकप्रियता हासिंल गर्न सफल भएपनि पछि बजारमा कम्प्याक्ट एसयूभीको प्रभाव बढ्न थालेपछि भने यो ब्रान्डको बजार प्रभाबित बन्दै गयो । लामो समयसम्म यो सेग्मेन्टमा प्रवेश गर्न नसकेको स्कोडाले ¥यापिड र प्रिमियम एसयूभी कोराकमार्फत बजारमा आफ्नो उपस्थिति भने जनाउँदै आइरहेको थियो ।

भारतीय बजारमा मिड साइज एसयूभी कुशाक लन्च गरेपछि भने स्कोडाको बजार विस्तार हुन थालेको छ । यो एसयूभीको माग अहिले उच्च गतिमा बढिरहेको छ । कुशाकको सफलताले स्कोडालाई बजारमा स्थापित गराउने आधारहरु देखापरेका छन् । नेपाली बजारमा समेत यसले राम्रो पर्फमेन्स देखाउदै गएको छ । नेपाली बजारमा समेत स्कोडाको शाखलाई एक कदम माथि उठाउनका लागि यसले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर...

विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

विश्वमा ५ लाख बढी बिक्री भइसकेको र सुरक्षित इलेक्ट्रिक कार टेस्ट ड्राइभ गर्ने अवसर आजदेखि

काठमाडौं – जापानी कार निर्माता कम्पनी निसानको विद्युतीय कार ’निसान लिफ’...

निसान गाडीमा फेस्टिबल अफर, अटो शोमा वुकिङ गर्नेलाई विशेष छुट

निसान गाडीमा फेस्टिबल अफर, अटो शोमा वुकिङ गर्नेलाई विशेष छुट

निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले दशैं तिहार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...