यस्तो छ सुवारुका तीन एसयूभीको मूल्य, पावर र फिचर्स

जापनिज अटो निर्माता सुवारु पावरफुल एसयूभी निर्माणका लागि विश्वभर नै कहलिएको प्रख्यात ब्रान्ड हो । यो व्रान्ड नेपाल भित्रिएको निकै लामो समय वितिसकेको छ । नेपालका लागि आधिकारिक वितरक विजय मोटर्सले यसको आउटव्याक, फरेस्टर र एक्भी गरी कुल तीन मोडलका एसयुभी आयत गरी कारोवार गर्दै आइरहेको छ ।

यी तीन एसयूभी मध्ये फरेस्टर र एक्सभीमा १९९५ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १५६ पिएस र टर्क १९६ एनएम रहेको छ । २२० एमएम ग्राउन्ड क्लिरियन्स भएको यी एसयूभीलाई अफरोडमा समेत सहजै ड्राइभ गर्न सकिन्छ । अल ह्विल ड्राइभ दिइएको यी दुवै एसयूभीलाई १९३ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।

यी एसयूभीमा रियर भेन्टिलेसन सिस्टम, सिट मोमोरी फंक्सन, डुअल एयर कन्डिसनिङ सिस्टम, अगाडी र पछाडी दुवै भागमा यूएसवी चार्जिङ पोर्ट, इलेक्ट्रोनिक पार्किङ व्रेक, वान टच फोल्डिङ स्विच लगायत विशेषताहरु दिइएको छ । यी एसयूभीको मूल्य नेपाली बजारमा क्रमश १ करोड ५० लाख र १ करोड २८ लाख रुपैयाँ देखी शुरुवात हुने बताइएको छ ।

अर्को निकै नै शक्तिशाली एसयूभी आउटव्याकमा २५०० सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १८८ पिएस र टर्क २४५ एनएम रहेको छ । २१३ एमएम ग्राउन्ड क्लिरियन्स भएको यो एसयूभीलाई नेपालको जस्तोसुकै अफरोडमा सहजताका साथ ड्राइभ गर्न सकिने दावी गरिएको छ । अल ह्विल ड्राइभ दिइएको यो एसयूभीलाई २०६ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ । यो एसयूभीको मूल्य नेपाली बजारमा १ करोड ६० लाख रुपैयाँ देखी शुरुवात गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...