सुबारुका दुई नयाँ एसयूभी नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– जापानी कार उत्पादक सुबारुका दुई नयाँ एसयुभी नेपाली बजारमा भित्रिएका छन् । सुबारुको नेपालका लागि आधिकारिक वितरक विजय मोटर्सले नयाँ मोडलहरु २.० क्रसट्रेक हाइब्रिड र २.५ आउटब्याक टुरिङ आईसाइटलाई सार्वजनिक गरेको हो ।

सुबारुका गाडी विगत लामो समयदेखी नेपाली बजारमा बिक्री-वितरण हुँदै आएपनि हाइब्रिड मोडल भने पहिलोपटक भित्रिएको हो । कम्पनीका अनुसार क्रसट्रेक हाइब्रिड बाटोमा दौडिरहेको अवस्थामा स्वचालितरुपमा चार्ज हुने हुँदा यसलाई अन्य विद्युतीय गाडीजस्तो बाहिरी चार्जिङको आवश्यकता पर्दैन ।

यो गाडीले एक लिटर पेट्रोलको खपतमा १७.५ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यो नयाँ कारको मूल्य १ करोड ६९ लाख रुपैया निर्धारण गरिएको छ । कारमा ११.४ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एडास फिचर, १० वटा एयरब्याग ब्ल्याइन्ड स्पट मोनिटरिङ र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेन्ट फिचर पाउन सकिन्छ ।

यसैगरी अर्को नयाँ मोडल आउटब्याक टुरिङ आईसाइटमा २.५ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । यसको पावर १८८ पिएस रहेको छ । यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सहत जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...