‘सडक सुरक्षा सम्बन्धी मन्त्रिस्तरीय स्टकहोम्स सम्मेलन’ विषयक उच्चस्तरीय अन्तरक्रिया हुने

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) लगायत दर्जनौँ सरोकारवाला संस्थाहरुको संयुक्त आयोजनामा अनलाइन एप जुममार्फत यही नोभेम्बर ९ तारिख (कार्तिक २४ गते) सोमबारका दिन ‘सडक सुरक्षा सम्बन्धी मन्त्रीस्तरिय स्टकहोम्स सम्मेलन’ विषयक उच्चस्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

Federation Internationale De l’ Automobile (FIA) तथा FIA Foundation द्वारा संचालित विश्वव्यापी अभियान “This is My Street” लाई निरन्तरता दिदैँ सोही अन्तर्गत उक्त अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ जसमा आधुनिक सहर व्यवसथापनमा सडक, फुटपाथ तथा साइकल लेन र पैदल यात्रीको सुरक्षाबारे छलफल हुने बताइएको छ ।

संसदको विकास तथा प्रविधि समितिकी अध्यक्ष माननीय कल्याणी खड्का तथा नगरपालिका संघ नेपालका अध्यक्ष अशोक कुमार ब्यन्जु अतिथि रहने सो कार्यक्रममा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालकी बोर्ड सदस्य ऋतु भट्ट राई तथा नासा फाउण्डेसनका बोर्ड सदस्य डा. पुष्पराज पन्तले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै, कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाल, नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल र उच्च माध्यमिक विद्यालय संघ नेपालका सचिव रामहरि सिलवाल टिप्पणीकर्ताको रुपमा रहनेछन् भने कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराईले संयोजन गर्ने छन् ।

सडक तथा यातायात क्षेत्रका विभिन्न व्यक्तित्व गरि कुल ८० जना भन्दा बढीको सहभागिता रहने उक्त कार्यक्रममा Stockholm Declaration तथा सडक सुरक्षा सम्बन्धी राष्ट्रिय योजनाहरु बारे समेत छलफल हुनेछ ।

स्मरण रहोस्, संयुक्त राष्ट्र संघले सडक सुरक्षा सम्बन्धी अभियान संचालनका लागि २०२०–२०३० लाई विशेष दशकको रुपमा लिएको छ ।

Registration Link :

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...