स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध

स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ । विश्वको चौथो ठूलो कार उत्पादक स्टेलान्टिस अन्तर्गत हाल १४ वटा ब्रान्डका अटोमोबाइल आबद्ध छन् । यीमध्ये कुन ब्रान्ड घाटामा रहेको हो भन्ने वारे कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन ।

ग्रुप अन्तर्गत हाल सिट्रोन, जीप, फियाट, अबार्थ, अल्फा रोमियो, मसेराटी, डड्ज, क्रिस्लर, राम, ओपेल, भक्सहल, लान्सिया, डिएस अटोमोबाइल र पूजो जस्ता ब्रान्ड आबद्ध छन् । पीएसए ग्रुप र फियाट क्राइस्लर अटोमोबाइल मिलेर सन् २०२१ मा स्टेलान्टिस ग्रुप स्थापना भएको थियो ।

ग्रुपका सिइओ कार्लोस टाभारेसले भने, ‘यदि उनीहरूले पैसा कमाउँदैनन् भने, हामी तिनीहरूलाई बन्द गर्नेछौं । हामी पैसा नआउने ब्रान्डहरू राख्न सक्दैनौं ।’ स्टेलान्टिस ग्रुपको नाफा पछिल्लो समय ४८ प्रतिशतसम्मले घटेपछि कम्पनीमाथी नाफा आर्जन गर्न नसक्ने ब्रान्डलाई उचित व्यवस्थापन गर्नुपर्ने दबाव सिर्जना भएको टाभारेसले बताए ।

स्टेलान्टिस ग्रुप अन्तर्गतका तीनवटा ब्रान्ड नेपाली बजारमा समेत उपलब्ध छ । नेपालमा हाल यसको सिट्रोन, जीप र पूजो ब्रान्ड बिक्री हुँदै आएको हो । यी तीनवटै ब्रान्डले नेपाली बजारमा खासै राम्रो बजार भने लिन सकिरहेका छैनन् ।

सम्बन्धित समाचारहरू

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि...

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे...

३६ लाखमै नेपाल आयो सिट्रोन ईसी३ को शाइन भेरिएन्ट

३६ लाखमै नेपाल आयो सिट्रोन ईसी३ को शाइन भेरिएन्ट

काठमाडौं– सिट्रोन ईसी३ को टप स्पेक भेरिएन्ट ‘शाइन’ ३५ लाख ९९ हजारमै नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...