स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध

स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ । विश्वको चौथो ठूलो कार उत्पादक स्टेलान्टिस अन्तर्गत हाल १४ वटा ब्रान्डका अटोमोबाइल आबद्ध छन् । यीमध्ये कुन ब्रान्ड घाटामा रहेको हो भन्ने वारे कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन ।

ग्रुप अन्तर्गत हाल सिट्रोन, जीप, फियाट, अबार्थ, अल्फा रोमियो, मसेराटी, डड्ज, क्रिस्लर, राम, ओपेल, भक्सहल, लान्सिया, डिएस अटोमोबाइल र पूजो जस्ता ब्रान्ड आबद्ध छन् । पीएसए ग्रुप र फियाट क्राइस्लर अटोमोबाइल मिलेर सन् २०२१ मा स्टेलान्टिस ग्रुप स्थापना भएको थियो ।

ग्रुपका सिइओ कार्लोस टाभारेसले भने, ‘यदि उनीहरूले पैसा कमाउँदैनन् भने, हामी तिनीहरूलाई बन्द गर्नेछौं । हामी पैसा नआउने ब्रान्डहरू राख्न सक्दैनौं ।’ स्टेलान्टिस ग्रुपको नाफा पछिल्लो समय ४८ प्रतिशतसम्मले घटेपछि कम्पनीमाथी नाफा आर्जन गर्न नसक्ने ब्रान्डलाई उचित व्यवस्थापन गर्नुपर्ने दबाव सिर्जना भएको टाभारेसले बताए ।

स्टेलान्टिस ग्रुप अन्तर्गतका तीनवटा ब्रान्ड नेपाली बजारमा समेत उपलब्ध छ । नेपालमा हाल यसको सिट्रोन, जीप र पूजो ब्रान्ड बिक्री हुँदै आएको हो । यी तीनवटै ब्रान्डले नेपाली बजारमा खासै राम्रो बजार भने लिन सकिरहेका छैनन् ।

सम्बन्धित समाचारहरू

अनिश्चितकालका लागि बन्द भयो चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी

अनिश्चितकालका लागि बन्द भयो चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी

चितवन- चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना...

एडास प्रविधिका साथ लन्च हुँदै जिप मेरिडियन

एडास प्रविधिका साथ लन्च हुँदै जिप मेरिडियन

जिप इन्डियाले आफ्नो नयाँ एसयूभी मेरिडियन एडभान्स ड्राइभर असिस्टेन्स...

नयाँ जिप कम्पास विश्वव्यापी रूपमा सार्वजनिक, २०२५ को अन्त्यदेखि उत्पादन सुरु हुने

नयाँ जिप कम्पास विश्वव्यापी रूपमा सार्वजनिक, २०२५ को अन्त्यदेखि उत्पादन सुरु हुने

अमेरिकी अटो निर्माता जिपले आफ्नो लोकप्रिय एसयूभी “कम्पास” को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...