स्टिलबर्डले ल्यायो नयाँ हेल्मेट, २५० करोड लगानीमा नयाँ योजना प्रस्तुत

विश्वको सबैभन्दा ठूलो हेल्मेट उत्पादन गर्ने कम्पनीमध्येको एक स्टिलबर्ड हाई–टेक इन्डियाले मेगा प्लान तयार गरेको छ । कम्पनीले आफ्नो ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो उत्पादनको पदचिह्न र प्रोडक्टहरू विस्तार गर्न नयाँ परियोजनाहरु घोषणा गरेको छ ।

कम्पनीले ओईएम र आफ्टरमार्केटको माग माग पूरा गर्न नयाँ म्यानुफ्याक्चरिङका लागि २५० करोड भारु लगानी गर्ने योजना बनाएको छ । साथै कम्पनीले भारत र विश्वव्यापी बजारमा आफ्नो पहुँच विस्तार गर्न २०२४ मा ७० नयाँ हेलमेट लन्च गर्ने लक्ष्य राखेको छ ।

६०औं वार्षिकोत्सवमा स्टिलबर्डले एसबीए–१७ आरडीएक्स ओपन फेस हेल्मेट लन्च गरेको छ । यसमा थर्मोप्लास्टिक शेल, हाई डेन्सिटी ईपीएस र इन्टिग्रेडेट इनर सनको साथ स्क्रयाच रेसिस्टेन्स पोली कार्बाेनेट भाइजर प्रयोग गरिएको छ । कम्पनीले आफ्नो पहिलो १ लाख खरिदकर्तालाई निःशुल्क स्मोक भिजर दिनेछ ।

स्टिलबर्डले २०२५ को अन्त्यसम्ममा ८०० थप स्टोरहरू थप्ने लक्ष्यका साथ आफ्नो राइडर्ज शप नेटवर्कलाई विस्तार गर्दैछ । कम्पनीले २०२३ मा विश्वव्यापी रूपमा ८० लाख भन्दा बढी हेलमेट बेचेको दावी गरेको छ, जसले ६८७ करोड भारु राजस्व कमाएको छ ।

सम्बन्धित समाचारहरू

कारमा जडान गरिने प्लास्टिक क्लेडिङ के हो ? यसको फाइदा के छ ?

कारमा जडान गरिने प्लास्टिक क्लेडिङ के हो ? यसको फाइदा के छ ?

टाटा नेक्सन, हुन्डाई भेन्यु, किया सेल्टोस, बीएमडब्ल्यु र मर्सिडिज बेन्ज...

स्मार्ट कारमा हुने एडास, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक ड्राइभिङ के हो ? जान्नुहोस्

स्मार्ट कारमा हुने एडास, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक ड्राइभिङ के हो ? जान्नुहोस्

आजकल नयाँ कारमा ड्राइभिङको लागि सुरक्षित, सजिलो र आरामदायी बनाउन स्मार्ट...

एक्साइड ब्याट्रीको डिलर मिट सम्पन्न

एक्साइड ब्याट्रीको डिलर मिट सम्पन्न

काठमाडौं – नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...