स्टिलबर्डले ल्यायो नयाँ हेल्मेट, २५० करोड लगानीमा नयाँ योजना प्रस्तुत

विश्वको सबैभन्दा ठूलो हेल्मेट उत्पादन गर्ने कम्पनीमध्येको एक स्टिलबर्ड हाई–टेक इन्डियाले मेगा प्लान तयार गरेको छ । कम्पनीले आफ्नो ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो उत्पादनको पदचिह्न र प्रोडक्टहरू विस्तार गर्न नयाँ परियोजनाहरु घोषणा गरेको छ ।

कम्पनीले ओईएम र आफ्टरमार्केटको माग माग पूरा गर्न नयाँ म्यानुफ्याक्चरिङका लागि २५० करोड भारु लगानी गर्ने योजना बनाएको छ । साथै कम्पनीले भारत र विश्वव्यापी बजारमा आफ्नो पहुँच विस्तार गर्न २०२४ मा ७० नयाँ हेलमेट लन्च गर्ने लक्ष्य राखेको छ ।

६०औं वार्षिकोत्सवमा स्टिलबर्डले एसबीए–१७ आरडीएक्स ओपन फेस हेल्मेट लन्च गरेको छ । यसमा थर्मोप्लास्टिक शेल, हाई डेन्सिटी ईपीएस र इन्टिग्रेडेट इनर सनको साथ स्क्रयाच रेसिस्टेन्स पोली कार्बाेनेट भाइजर प्रयोग गरिएको छ । कम्पनीले आफ्नो पहिलो १ लाख खरिदकर्तालाई निःशुल्क स्मोक भिजर दिनेछ ।

स्टिलबर्डले २०२५ को अन्त्यसम्ममा ८०० थप स्टोरहरू थप्ने लक्ष्यका साथ आफ्नो राइडर्ज शप नेटवर्कलाई विस्तार गर्दैछ । कम्पनीले २०२३ मा विश्वव्यापी रूपमा ८० लाख भन्दा बढी हेलमेट बेचेको दावी गरेको छ, जसले ६८७ करोड भारु राजस्व कमाएको छ ।

सम्बन्धित समाचारहरू

मकास अटोमोटिभको मेकानिक्स मिट सम्पन्न, मकासको गुणस्तरीयता वारेमा छलफल

मकास अटोमोटिभको मेकानिक्स मिट सम्पन्न, मकासको गुणस्तरीयता वारेमा छलफल

काठमाडौं – सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको...

विराटनगरस्थित टाटा च्याम्पियन जोन वंगलामुखी मोटर ट्रेडर्सले ल्यायो दशैं अफर

विराटनगरस्थित टाटा च्याम्पियन जोन वंगलामुखी मोटर ट्रेडर्सले ल्यायो दशैं अफर

सिप्रद्धि अटो पार्ट्सको विराटनगरस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन...

यी कम्पनीले भित्र्याउछन् सवारीसाधनमा प्रयोग हुने ब्याट्री, बार्षिक कारोबार ५ अर्ब माथी

यी कम्पनीले भित्र्याउछन् सवारीसाधनमा प्रयोग हुने ब्याट्री, बार्षिक कारोबार ५ अर्ब माथी

ब्याट्रीको बजार दिनप्रतिदिन फराकिलो बन्दै गएका कारण यस व्यवसायमा लगानी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...