नेपालका २ विद्यालयलाई प्रदान गरियो स्टार रेटिङ फर स्कुल्स अवार्ड

काठमाडौं – काभ्रेको सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र ललितपुरमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालय गरी नेपालका दुई वटा बिद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन् ।

मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी, टुुरिजम तथा सडक सुुरक्षाको राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले भियतनाममा अवस्थित एआईपी फाउन्डेसनको सहयोगमा ए सेफ जर्नी टु स्कुल अभियान अन्तर्गत धुलिखेल, काभ्रेमा अवस्थित सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र भैँसेपाटी, ललितपुरमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयलाई स्टार रेटिङ गरेको थियो । लण्डनस्थित इन्टरनेसनल रोड एसेस्समेन्ट प्रोग्रामको म्यानुअलमा आधारित सो रेटिङमा सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र आदर्श सौलः युवक माध्यमिक विद्यालयले क्रमशः ४.५ स्टार र ४.२ स्टार रेटिङ प्राप्त गरेका छन् ।

काठमाण्डौमा आयोजित नेसनल युथ कन्फ्रेन्स फर सेफ एण्ड सस्टेनेवल मोबिलिटी सम्बन्धी राष्ट्रिय युवा सम्मेलनमा विद्यालय, सम्बन्धित स्थानीय निकाय तथा अभियानमा संलग्न व्यक्तिहरुलाई बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन तथा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोबिलिटी नेपालका संयोजक एवं पूर्व मन्त्री योगेश भटराईले अवार्ड वितरण गरे ।

सो समारोहमा सेफ जर्नी टु स्कुल अभियानका संयोजक सुुवाश भटराईले स्टार रेटिङ फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमा विद्यार्थीहरुको आगमन र विद्यालयलाई सुुरक्षित बनाउने सम्बन्धी प्रस्तुति गरे ।

नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोबिलिटीका संयोजक एवं पूर्व मन्त्री योगेश भटराईको अध्यक्षतामा सम्पन्न सम्मेलनको उदघाटन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री तेजुुलाल चौधरीले सडक दुर्घटनाका कारण युवाहरुको अकालमा ज्यान गइरहेको प्रति सरकार चिन्तित रहेको बताए । हाल चलिरहेको दुई दिने कन्फेन्सको उद्घादन गर्दै मन्त्री चौधरीले सडकमा ज्यान जाने क्रम रोक्नका लागि आगामी दिनमा प्रभावकारी कार्यक्रम ल्याउन आफू प्रतिवद्ध रहेको पनि बताए ।

बढ्दै गइरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्युनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले बताएका छन् । यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनामा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तराष्ट्रिय वक्ताहरु, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, राष्ट्रिय युवा परिषद् समेतको सहकार्य रहने छ ।

सम्बन्धित समाचारहरू

ट्रान्स हिमालय एड्भेन्चरको तयारी पुरा, भोलि मुस्ताङ प्रस्थान गर्दै बाइकरहरु

ट्रान्स हिमालय एड्भेन्चरको तयारी पुरा, भोलि मुस्ताङ प्रस्थान गर्दै बाइकरहरु

काठमाडौं – काठमाडौं देखि मुस्ताङ सम्म बाइकरहरुको सम्मिलित हुने मोटरसाइकल...

पोखरा रंगशालामा रोड रेसिङ च्याम्पियनसिप हुने, यामाहा आर१५ सिरिज मुख्य प्रायोजक

पोखरा रंगशालामा रोड रेसिङ च्याम्पियनसिप हुने, यामाहा आर१५ सिरिज मुख्य प्रायोजक

काठमाडौं – आगामी शुक्रबार र शनिबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ...

एफआईए मोटरस्पोर्ट गेम्समा पहिलो पटक सहभागी नेपाली रेसरहरुको शानदार प्रदर्शन

एफआईए मोटरस्पोर्ट गेम्समा पहिलो पटक सहभागी नेपाली रेसरहरुको शानदार प्रदर्शन

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन डेल अटोमोबाइल्स (एफआईए)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...