नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी
काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...
काठमाडौं–आगामी भदौ ३ देखी ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटो शो २०२५ का लागि स्टल बाँडफाँड कार्यक्रम सम्पन्न गरेको हो । अटो शोलाई यसपटक एमएडब्लु ग्रुप अफ कम्पनिजले टाइटल स्पोन्सर गर्ने भएको छ ।
नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमा चार पाङ्ग्रे सवारी साधनका १८ वटा स्टल रहनेछन् भने ४ वटा दुई पाङ्ग्रे र लाइट कमर्सियल भेइकलका १३ वटा स्टल रहनेछन् । यसैगरी, अटो कम्पोनेन्टका ४० वटा स्टल रहने नाडाले जनाएको छ ।
नाडा अटो शोमा यसपटक चार पाङ्ग्रेमा दिपाल, अवतार, डोङफेङ, नामी, सेरेस, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काईवेल, बीवाईडी, फोटोन, विएडब्लु ब्रम्वी, जेवाई एयर, विलाभल, एलएस अटो र जिनपेङका स्टल रहनेछन् ।
यसैगरी, दुई पाङ्ग्रेमा हिरो, रोयल इनफिल्ड, जोनसेन र यामाहा तथा लाईट कमर्सियलतर्फ न्यू गोनाउ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सिजी केवाईसी/किङलङ, मोन्त्र, स्काईवर्थ, काईन्यू, कावे/नभेको र सनलङ ब्रान्डको उपस्थिती रहनेछ ।
कम्पोनेन्टतर्फ, एसियन, गल्फ, डकहाम्स, एटिएस एल्गि, मिशेलिन, एसटिसी राइड/इनर्जी, सिएट, जेके, मानाटेक, टाटा ग्रिन, टोटल इनर्जिज, म्याक र पिएलओ लगायत ब्रान्डले स्टल बुक गराएका छन् ।
अटो शोमा मेड इन नेपाल पेभिलियन, भिन्टेज कार पेभिलियन, अटो डायलग र क्याफेका लागि छुट्टै व्यवस्था गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि...
नेपाली अटोमोबाइल व्यवसाय हाल निकै नै कठिन अवस्थामा छ । हाल बैंक तथा वित्तीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...