बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नयाँ बर्ष २०७८ लाई लक्ष्यित गर्दै आईएमएस मोटर्सले साङयोङ गाडी खरिदमा नगद छुटसहित विभिन्न आकर्षक स्किम सार्वजनिक गरेको छ । स्किम अन्तर्गत नयाँ गाडी खरिद गर्दा ५ लाखसम्म नगद छुट र पुरानोसँग साङयोङको ब्रान्ड न्यु एसयूभी एक्सचेन्ज गर्दा ४ लाख रुपैयाँसम्मको अतिरिक्त बोनस प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी ३ बर्षको वारेन्टी, ७ बर्षको सरल फाइनान्सिङ, ३ बर्षसम्म निःशुल्क सर्भिसिङ, १ आर्थिक बर्षको निःशुल्क इन्स्योरेन्स सुबिधा र ११ हजार रुपैयाँ बराबरको एसेसरिज उपलब्ध गराइने कम्पनीले बताएको छ ।
यो योजना रेक्स्टन र टिभोली एसयूभीमा लागू हुने बताइएको छ । कोरियन ब्रान्ड साङयोङले प्रिमियम स्तरका एसयूभी उत्पादन गरी विश्व बजारमा बिक्री बितरण गर्दै आइरहेको छ । जसमध्ये रेक्सटनको मूल्य नेपाली बजारमा १ करोड ५४ लाख ९९ हजार र टिभोली म्यानुअलको ६६ लाख ९९ हजार तथा अटोमेटिकको ७५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...