कोरियन ब्रान्डको दबदबामा गुमनाम बनेको स्याङयोङ

नेपालको प्यासेन्जर कार बजारमा कोरियन ब्रान्डले आफ्नो बर्चस्व बढाउँदै लगेको छ । विश्व बजारमा समेत लोकप्रियता कमाउन सफल कोरियन ब्रान्ड हुन्डाई र कियाले आक्रामक बजार विस्तार गर्दै लगेपनि अर्को कोरियन ब्रान्ड स्याङयोङको भने नेपालमा खासै चर्चा हुने गरेको छैन ।

स्याङयोङ नेपाल भित्रिएको २ दशक भन्दा बढी समय बितिसकेको छ । शुरुवातमा गोल्छा अर्गनाइजेसनले यो ब्रान्डलाई नेपाल भित्र्याएको थियो । त्यसपछि पनि २ पटक आधिकारिक बितरक परिवर्तन भई हाल आईएमएस ग्रुपले यसको कारोबार गर्दै आइरहेको छ । सामसुङ मोबाइलको कारोबारबाट चर्चामा आएको यो ग्रुपले मोबाइल बिक्रीमा पाएको सफलता भने यो ब्रान्डमा पाउन सकिरहेको छैन ।

एक समय कोरियाको चर्चित अटोमोबाइल ब्रान्डका रुपमा परिचित यो ब्रान्डलाई हाल भारतिय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले खरिद गरेको छ । महिन्द्रा एन्ड महिन्द्राले खरिद गरेपनि भारतमा यसको उत्पादन भने प्रारम्भ भैसकेको छैन । हाल नेपाल भित्रिने यसका सबै मोडल कोरियाबाटै आयात भैरहेको छ ।

किन लिन सकेन बजार ?
कोरियन ब्रान्डकै हुन्डाई र कियाले बजार पिटिरहँदा अर्को कोरियन ब्रान्ड स्याङयोङले भने बजार लिन सकिरहेको छैन । यो ब्रान्डले बजार लिन नसक्नुको कारण पर्याप्त रेन्ज नभएर भने होइन । हाल यसका ५ वटा मोडल नेपाली बजारमा उपलब्ध छ । जसमध्ये १६ सय सीसी क्षमताको टिभोली एसयूभी, उक्त सीसी क्षमताकै अर्को एसयूभी एक्सएलभी, २ हजार सीसी क्षमताको कोरान्डो एसयूभी, २२ सय सीसी क्षमताको रेक्सटन एसयूभी र उक्त सीसी क्षमताकै मुसो ग्रान्ड पिकअप नेपाली बजारमा उपलब्ध रहँदै आइरहेको छ ।

कोरियाबाटै आयात हुने स्याङयोङ एसयूभी गुणस्तरका मामलामा प्रिमियम कोटीमा गनिने भएपनि मूल्य भने प्रतिस्पर्धात्मक नै रहेको देखिन्छ । यी एसयूभीको पावर, पर्फमेन्स र फिचर्ससमेत अब्बल रहेपनि अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसक्दा आयातकर्ता कम्पनीको क्षमतामाथि प्रश्न उठ्ने गरेको छ ।

आईएमएस ग्रुपले यो ब्रान्डको कारोबार थालेको ५ बर्षभन्दा लामो समय बितिसके पनि हालसम्म कुनै पनि सर्भिस सेन्टर सञ्चालन गर्न सकिरहेको छैन । त्यसैगरी स्पेयर पार्ट्समा समेत ग्राहकलाई विश्वस्त पार्न सकिरहेको पाइदैन । सर्भिस र स्पेयर पार्ट्सको उचित प्रबन्ध गर्न नसकेका कारण यो ब्रान्ड पछि पर्दै गएको अटो जानकारहरु बताउँछन् ।

यस्तो छ उपलब्ध मोडल र मूल्य
१६ सय सीसी क्षमताबाट शुरु हुने यसको सबैभन्दा सस्तो एसयूभी एक्सएलभी एमटी सेमिलोडेड हो । यो एसयूभीको मूल्य नेपाली बजारमा ५८ लाख ९९ हजार निर्धारण गरिएको छ । त्यसपछि एक्सएलभीकै अटोमेटिक भेरिएन्टको मूल्य ६२ लाख ९९ हजार, टिभोली एमटी सेमी लोडेडको ६६ लाख ९९ हजार र टिभोलीकै अटोमेटिक भेरिएन्टको मूल्य ७५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

२ हजार सीसी क्षमताको कोरान्डो एमटीको मूल्य ७९ लाख ९९ हजार र कोरान्डोकै अटोमेटिक भेरिएन्टको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसको सबैभन्दा महंगो एसयूभी रेक्स्टन एमटीको १ करोड ३८ लाख ९९ हजार र अटोमेटिक भेरिएन्टको मूल्य १ करोड ५४ लाख ९९ हजार रुपैयाँ पर्छ । यो एसयूभी २२ सय सीसी क्षमतामा उपलब्ध रहँदै आएको छ । त्यसैगरी सोही सीसी क्षमतामा उपलब्ध मुसो ग्रान्ड एमटी पिकअपको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

जावा मोटरसाइकलको शोरूम नेपालगन्जमा शुभारम्भ

जावा मोटरसाइकलको शोरूम नेपालगन्जमा शुभारम्भ

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...

यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

महिन्द्राले अब बजारमा ल्याउने नयाँ एसयूभीको नाम स्कोर्पियो–एन हुनेछ ।...

बालाजु अटो वर्क्सद्धारा म्यानेजरर्स मीट–२०२४ सम्पन्न

बालाजु अटो वर्क्सद्धारा म्यानेजरर्स मीट–२०२४ सम्पन्न

काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...