नेपाली बजारमा थपियो उत्कृष्ट रेन्जको अर्को इलेक्ट्रिक भ्यान

काठमाडौं नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक भ्यान अर्थात माइक्रोबस लोकप्रिय भइरहेको समयमा अर्को ब्रान्ड एसआरएमका इलेक्ट्रिक भ्यान समेत भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा पूजा कन्स्ट्रक्सनले सो भ्यान भित्र्याएको हो ।

एसआरएमको एक्स३०एल मोडलको सो भ्यानले सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा भएको सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्रीलाई फास्ट चार्जरको सहयोगले ४५ मिनेटमै फुल चार्ज गर्न सकिने छ । सामान्य अवस्थामा भने फुल चार्ज गर्न करिव १२ घण्टा जति लाग्ने छ ।

५ वर्ष वा २ लाख किलोमिटर गुड्दा सम्म ब्याट्रीमा वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ ।

४४ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको सो इलेक्ट्रिक भ्यानमा एबीएस, चाइल्ड सेफ्टी लक, पावर विन्डो, पार्किङ सेन्सरसहितको रिभर्स क्यामेरा, किलेस इन्ट्रीलगायत विशेषताहरू छन्। त्यस्तै यो विद्युतीय भ्यानको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ।

हाल विशेष गरी काठमाडौंबाट पूर्व क्षेत्रतिरका रुटहरुमा यस्ता माइक्रो भ्यान लोकप्रिय बनिरहेका छन् ।

सम्बन्धित समाचारहरू

फुल चार्जमा ४८० किमि रेन्ज दिने विश्वको पहिलो इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर

फुल चार्जमा ४८० किमि रेन्ज दिने विश्वको पहिलो इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर

भारतमा राफ्ट मोटर्सले सबै इलेक्ट्रिक स्कुटरहरुलाई पछाडि छोडेर नयाँ...

लुयानको एक्सचेन्ज अफर सुरु, पुरानो बाइकमा १५ हजार अतिरिक्त मूल्यांकन पाइने

लुयानको एक्सचेन्ज अफर सुरु, पुरानो बाइकमा १५ हजार अतिरिक्त मूल्यांकन पाइने

काठमाडौं– लुयान स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो इमिसन राइड एनले...

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को मूल्य समायोजन, यस्तो छ नयाँ मूल्य सूची

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को मूल्य समायोजन, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...