जेडएफ ब्रान्डको स्पेयर पार्ट्स बिक्रेतमा श्रीदुश इन्टरनेश्नल नियुक्त, छिट्टै बजारमा उपलब्ध हुने

काठमाडौं– बिश्व प्रख्यात स्पेयर पार्ट्स उत्पादक जेडएफका उत्पादनलाई नेपाली बजारमा बीक्रिवितरण गर्ने जिम्मेवारी श्रीदुश इन्टरनेश्नलले प्राप्त गरेको छ । सन् १९१५ मा जर्मनीमा स्थापना भएको जेडएफ अटोमोवाइल कम्पोनेन्ट्सको उत्पादनमा कहलिएको नाम हो ।

यो ब्रान्ड अन्तर्गत उत्पादन हुने ट्रान्समिसन सिस्टम, स्टेरिङ, एक्सल कम्पोनेन्ट्स, इलेक्ट्रोनिक सिस्टम, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडिएएस) एयर ब्याग, सिट बेल्ट सिस्टम र ब्रेक सिस्टम जस्ता मुख्य कम्पोनेन्ट्सले विश्व अटोमोवाइल बजारमा ख्याती कमाएको छ ।

नेपाली बजारमा यसको भारतीय प्लान्टबाट उत्पादन हुने ब्रेक कम्पोनेन्ट्स, क्लच, स्टेरिङ सस्पेन्सन र शक अब्जर्भरहरु दशैं लगत्तै उपलब्ध हुने कम्पनीका प्रवन्ध निर्देशक ऋद्धि कार्कीले वताएका छन् । ‘विश्वका ३२ देशमा १६८ वटा उत्पादन प्लान्ट संचालन गरी आफ्नो पकड कायम राख्दै आएको जेडएफका उत्पादनलाई नेपाली बजारमा समेत बिक्री गर्न पाउनु हाम्रा लागि ठूलो अवसर हो । जेडएफसंगको व्यावसायिक आवद्धताले श्रीदुश इन्टरनेश्नलको पहिचानलाई अझै उचाईमा पुर्याउन मद्धत पुग्ने हामीले अपेक्षा राखेका छौ’ उनले भने ।

विगत ६ वर्षदेखी चर्चित ब्रान्डका स्पेयर पार्ट्स आयत गरी कारोवार गर्दै आएको श्रीदुश इन्टरनेश्नललाई नेपाली अटोबजारमा स्थापित कम्पनीका रुपमा चिन्ने गरिन्छ । यो कम्पनी मातहात हाल लुकास टिभिएस सहित टिभिएस ग्रुपको आठवटा उत्पादन, एसकेएफ बेरिङ र आयल सिल, मोन्रो शक र सिन्डिकेट ब्रान्डको वाइपर ब्लेड जस्ता उत्पादन सामेल छन् । यी सवै बिभिन्न ब्रान्डका सवारी साधनमा ओइएम सप्लाई गरिँदै आएका उत्पादन हुन् ।

जेडएफको भारतमा मात्र १८ वटा उत्पादन प्लान्ट रहेको र यसको आफ्टर मार्केट डिभिजनले स्याक्स, लेम्फोर्डर, टिआरडब्लु र वाब्को जस्ता ख्यातीप्राप्त ब्रान्डका पार्ट्सहरु उपलब्ध गराउँदै आएको छ । सन् १९८१ मा स्टेरिङ गियरसंग साझेदारी गरी भारतमा उत्पादन थालेको जेडएफले त्यसपछिका हरेक वर्षमा आँफूलाई अब्बल सावित गर्दै आएको छ ।

नयाँ र आधुनिक विशेषताका उत्पादनलाई बजारमा ल्याउन प्रतिवद्ध जेडएफले अनुसन्धान र विकासको क्षेत्रमा ठूलो रकम खर्चिदै आएको छ । सन् २०२२ मा यसले ३ अर्ब ४० करोड यूरो आर एण्ड डीमा लगानी गरेको छ ।

सम्बन्धित समाचारहरू

पुश स्टार्ट स्टप सिस्टम : फाइदा वा झन्झट ?

पुश स्टार्ट स्टप सिस्टम : फाइदा वा झन्झट ?

पुश स्टार्ट स्टप सिस्टम अधिकांश आधुनिक कारहरूमा सामान्य सुविधा जस्तै...

२५ लाख इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य, तर हालसम्म ५९ हजार ६५८ मात्र जडान

२५ लाख इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य, तर हालसम्म ५९ हजार ६५८ मात्र जडान

काठमाडौं – सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य निकै सुस्त गतिमा...

आयो एसी हेलमेट, गर्मीमा बाइकरको लागि वरदान

आयो एसी हेलमेट, गर्मीमा बाइकरको लागि वरदान

बाइक राइडर र ट्राफिकमा घण्टौं घाममा उभिनेहरूका लागि हैदरावादको जर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...