एनआईयू इलेक्ट्रिक स्कुटरका लागि बैंकले सस्तो दरमा लोन दिने
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालका लागि...
काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक बाइक समेत भित्रिने क्रम बढिरहेको छ । पहिले इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको इन्फिनिटीले अब नेपाली बजारमा इलेक्ट्रिक मोटरसाइकल ‘आरक्यूआई’ भित्र्याउने बताएको छ ।
सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै नेपालका लागि एनआईयूको आधिकारिक वितरक इको इन्फिनिटीले सो जानकारी सार्वजनिक गरेको हो ।
यो मोटरसाइकल पहिलो पटक लास भेगासमा आयोजित सीईएस २०२० मा सार्वजनिक गरिएको थियो । कम्पनीले आधिकारिक रुपमा यसको जानकारी सार्वजनिक नगरे पनि यसमा ७.५ किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ, जसले ११ एचपी पावर र ४५० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ ।
यसको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ भने २.९ सेकेन्डमै ० देखि ५० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।
यसमा ७२ भोल्ट, ३५ एम्पियर आवरका युनिटका डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र सिंगल चार्जमा सिंगल ब्याट्रीले १०० किलोमिटरको रेन्ज दिन्छ ।
बाइकमा पिरेली टायर, ब्रेम्बो रेडियल क्यालिपर र ड्युअल च्यानल एबीएस जस्ता टप–क्वालिटी कम्पोनेन्ट उपलब्ध छन् ।
त्यसैगरी फुल एलईडी लाइटिङ, किलेस स्टार्ट र फ्रन्ट तथा रियर माउन्टेड क्यामेरा र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालका लागि...
चाइनिज कार निर्माता कम्पनी सेरेसले नोभेम्बर महिनाको सेल्स रिपोर्ट...
काठमाडौं – केई ईभीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...