स्पोर्ट्स, एड्भेन्चर र टुरिङको संयोजन : ट्रान्स–हिमालय एड्भेन्चर

छोटो समयमै नेपालमा मोटरस्पोर्ट्स सम्बन्धी खेलहरुले राम्रो स्थान ओगटेको छ र यस अन्तर्गत पर्ने मोटरसाइक्लिङ रेसिङ तथा टुरिङ विशेषगरी युवाहरु माझ लोकप्रिय खेल बन्न सफल भएको छ । एक दशक अगाडिदेखि मात्र नेपालमा संस्थागत रुपमा मोटरसाइक्लिङ रेसिङका विभिन्न विधाहरु शुरु भएका हन् । यही समयमा यो खेलमा रुचि राख्ने खेलाडी (राइडर्स), प्राविधिक तथा लाखौं दर्शकहरु बनिसकेका छन् । आज रेसिङ र्याली र टुरिङका इभेन्टहरु नेपाली खेलकुूद, नेपाली एड्भेन्चरर्स र नेपाली अटोमोबाइल्सको अभिन्न अंग बन्न पुगेको छ ।

मोटोटुर देखि मोटोेरेसिङ सम्म
यसै सन्दर्भमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को १६ औं स्थापना दिवसको उपलक्ष्यमा काठमाडौं - पोखरा - जोमसोम - पोखरा मोटरसाइक्लिङ टुरिङ र्याली हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसनको मोटरसाइक्लिङ र टुरिङ कमिसनले आयोजना गरेको ट्रान्स हिमालय एड्भेन्चर (Trans-Himalaya Adventure) नाम दिइएको सो Rally को दौरान मुस्ताङमा टाइम अट्याक च्यालेन्ज मोटोखाना (Time Attack Challenge Motokhana) मोटरसाइकल रेसिङ समेत गरिनेछ ।

माउन्टेन स्पोर्ट्स गेम्स (Mountain Sports Games) को अवधारणा अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले घोषणा गरेको साहसिक खेलकुद सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको सन्दर्भमा यो इभेन्ट हुन गइरहेको हो ।

मूलतः यस इभेन्टद्वारा निम्न कुराहरुमा टेवा पुग्नेछ :

  • नेपाली खेलकुदमार्फत दिगो पर्यटन प्रवर्धन हुने ।
  • साहसिक खेलकुदमार्फत राष्ट्रिय गौरव, पदक र प्रतिष्ठा वृद्धि हुने ।
  • नेपाललाई विश्वकै मोटरस्पोर्ट्सको गन्तव्य बनाउने अभियानमा सहयोग पुग्ने ।
  • नेपालमा मोटरस्पोर्ट्सको इतिहास, वर्तमान र लोकप्रियता उजागर गर्ने जस्ता कार्यको लागि महत्वपूर्ण हुनेछ ।

त्यसैगरी यसै संघले नै नेपाल पर्यटन बोर्ड तथा अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ फेडेरेसनसँगको सहकार्यमा तयार गरेको टु ह्विल टरिङ नेपाल (Two Wheel Touring Nepal) नामक गाइडलाइन अनुसारको स्थान प्रमोसन समेत सो र्यालीले गर्नेछ ।

आगामी अप्रिल १ देखि ५ सम्म हुने सो इभेन्ट काठमाडौं देखि शुरु हुदै बन्दिपुर, पोखरा, सराङकोट, बागलुङ्ग, बेनी, तातोपानी, घासा हुदै जोमसोमसम्म पुग्ने छ । राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरुको सहभागिता रहने यो टुरिङमा सहभागीहरुले नेपालका सुन्दर र मनमोहक दृश्यहरु अवलोकन गर्दै कागबेनी, मुक्तिनाथ, धुम्बालेक हुँदै लेतेमा मोटोखाना हुनेछ ।

नेपाल, समुद्र सतहबाट ६५ मिटर देखि ८८४८ मिटर सम्मको उचाई भएको सुन्दर र अलौकिक देश हो । संसारका खेलकुद , पर्यटन र साहसिक कार्यका पारखीका लागि नेपाल एउटा मुख्य गन्तव्य बनाउने कार्यको समेत थालनी हो ।

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एफआईएम (FIM) को सदस्य तथा नेपाली साहसिक खेलकुदको एउटा मुख्य संघ हुनुको नाताले यस संघले आफ्नो पहिलो कार्यक्रम नै सन् २००९ मा महिला मोटरसाइकल र्याली (Women Bikers Championship Rally) बाट शुरु गरेको सन्दर्भ यहाँँ स्मरणीय छ ।

आजको सन्दर्भमा :

  • एफआईएम (FIM) ले समेत टुरिङको लागि विशेष महत्व दिइएको ।
  • टु ह्विल टुरिङ (Two Wheel Touring­) नेपाली पर्यटनको मुख्य गन्तव्य बन्दै गएको ।
  • मोटरसाइकलको संख्या अत्यधिक वृद्धि र टुरिङ कल्चर ।
  • पराम्परागत पर्यटकीय प्रोडक्टमा आकर्षण कम हँुदै गएको ।
  • मोटरसाइकलमा महिला, विदेशी तथा युवाहरुको आकर्षण ज्यादा ।
  • मोटरस्पोर्टस्का इभेन्टहरु खेलकुदमै लोकप्रिय बन्दै गएको ।
  • राखेप (National Sports Council) ले माउन्टेन स्पोर्ट्स गेम्स (Mountain Sport Games) को आवधारण अगाडि सारेको अवस्थामा यस किसिमको इभेन्ट आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको दौरानः
बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्से झरना, लेते, कागबेनी, मार्फा, धुम्बाताल जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी, सेफ्टी राइडिङ सम्वन्धित जनचेतना कार्य गरिनेछ । त्यसैगरि सेल्फी च्यालेन्ज तथा बेस्ट राइडिङ र ट्यालेन्ट हन्ट (Best Riding / Talent Hunt) सम्बन्धी विभिन्न क्रियाकलाप संचालन गरिनेछ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय फेडेरेसनको आर्थिक सहयोग र गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने सो कार्यक्रममा अन्य विभिन्न संघ सस्थाको सहयोग रहनेछ ।

टुरिङको सन्दर्भमा समापनको दिन ५ र ६ अप्रिलमा पोखराको पामे क्षेत्रमा नेपालकै रोमाञ्चकारी पोखरा इन्डुरो मोटोक्रसमा Touring सहभागीलाई भ्रमण अवलोकन गराइनेछ र डेमो रेसको अवसर दिइने छ ।

४ सयदेखि ४ हजार मिटरसम्मको रोमाञ्चक यात्रा
सामान्यतः ४ सयदेखि ४ हजार मिटरसम्म सो र्यालीमा सहभागिता वापत नेपालीले दश हजार रुपैयाँ तथा इन्डियनले दश हजार भारतीय रुपैयाँ तथा अन्य देशका सहभागीले दुई सय अमेरिकी डलर बुझाउनु पर्नेछ ।

एफआईएम (FIM) एसियाको क्यालेण्डरमै समावेश गर्नेगरी यस क्षेत्रमै पहिलो यस सप्ताहिक टुरिङ र्याली (Touring Rally) मा राइडर्स, मेकानिक्स, मिडिया, स्वास्थ्यकर्मी र प्राविधिक समेत गरी कुल ५० जना सहभागी हुनेछन् । प्रत्येक स्टेसनबाट लाइभ समाचार, अन्तर्वार्ता र अन्तरक्रिया समेत संचालन गरिनेछन् भने मुस्ताङमा गरिने मोटोखानाका विजेतालाई आकर्षक शिल्ड र नगद रअवार्ड प्रदान गरिनेछ ।

कार्यक्रमका सहभागीहरुले आफ्नो तथा मोटरसाइकलको इन्सुरेन्स अनिवार्य गर्नु पर्नेछ भने मेकानिकल सपोर्ट तथा मेडिकल सपोर्ट गण्डकी अटोमोबाइल्स संघले व्यवस्थापन गर्नेछ ।
आगामी वर्षदेखि यस किसिमको इभेन्टलाई एफआईएम (FIM) को क्यालेण्डरमा समावेश गर्ने तयारी स्वरुप यो इभेन्ट आगामी अप्रिल एकको बिहान सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट शुरु हुनेछ ।

पोखरा राइडर्स क्लबको अप्रिल ५ र ६ मा पोखरामा आयोजना हुने पोखरा इन्डुरो (Pokhara Enduro) मा समेत समन्वय गर्ने प्राविधिक जनशक्ति परिचालन गर्ने तथा टुरिङका राइडर्सहरुलाई समेत रोमाञ्चकारी रेसिङको अनुभव दिने हिसाबले डिजाइन गरिएको हो ।

माउन्टेन स्पोर्ट्स (Mountain Sports) अन्तर्गत नेपालभरी आयोजना हुने इभेन्टको यो एउटा मुख्य इभेन्ट हुनेछ जसमा टुरिङ, मोटोखाना, इन्डुरेन्स समेत रहेको छ ।

कार्यक्रमको लागि संघका उपाध्यक्ष अनिल कुमार बराल संयोजक र कुन्दन श्रेष्ठ सचिव रहेको ९ सदस्यिय व्यवस्थापन समिति गठन गरिएको छ । थ्रिल, एड्भेन्चर्स र स्पोर्ट्सको संयोजन रहेको यस इभेन्टले नेपाली खेलकुद, नेपाली पर्यटन र नेपाली अटोमोबाइल क्षेत्रमा एउटा सकारात्मक अध्याय थप्ने हामो विश्वास छ ।

२०० सीसी देखि माथिका जुनसुकै बाइक यस इभेन्टमा समावेश गरिनेछ भने सो टुरिङ र रेसिङका सहभागी मध्ये १–१ जनालाई इन्टरनेसनल टुरिङ र रेसिङको अवसर दिइनेछ ।

मोटरसाइकल : यातायात, स्पोर्ट्स र पर्यटनमा पनि

संसारभरी मोटरसाइकलको आकर्षण बढ्नुका साथै यसको प्रयोगकर्ता पनि उत्तिकै वृद्धि भइरहेका छन् । संसारभरी मोटरसाइकलको संख्या ६५ करोड भन्दा बढी छन् भने यसको सबैभन्दा बढी उत्पादन र प्रयोग एसियामा हुने गरेको छ । नेपालमा पनि ५४ लाख भन्दा बढी सवारी साधनहरुमध्ये दुई तिहाई भन्दा बढी मोटरसाइकल प्रयोगकर्ताहरु छन् ।

मोटरसाइकलको प्रयोग विश्वव्यापी रुपमा यसरी अत्यधिक वृद्धि हुनुका विभिन्न कारणहरुमध्ये यात्रा सहज र सुलभ हुनु हो । नेपालमा सार्वजनिक सवारी साधन भरपर्दो, सहज, सुलभ र आवश्यक उपलब्धता हुने नभएकोले पनि मोटरसाइकल प्रयोगकर्ताहरुको संख्या दिनहुँ बढ्दै गएको हो ।

नेपालमा मोटरसाइकलमा वृध्दि हुनुको कारणः

  • मोटरसाइकलमा युवाहरुको आकर्षण र फेसन
  • सार्वजनिक यातायातमा असुविधा र अपुग
  • सहज, सुलभ र छरितो यातायातको माध्यम ।
  • स्पोर्ट्स सम्बन्धी क्रियाकलापहरुमा बढ्दो लोकप्रियता ।
  • टुरिङ र र्यालीहरुमा बढदो प्रयोग आदि ।

नेपालको विविध भौगोलिक विकटता र कठिनाईका कारण चारपाङ्ग्रे सवारी साधन नपुगेको अवस्थाले पनि मोटरसाइकलको बढ्दो आकर्षण छ । नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा अन्य सवारी साधन भन्दा मोटरसाइकल टुरिङ सहज र रोमाञ्चकारी हुने हुँदा पनि आजभोलि मोटरसाइकल नै सवैको पहिलो रोजाई बन्न पुगेको छ ।

यसै सन्दर्भमा नेपाल अटोमोबाइल्स संघले साहसिक खेल अन्तर्गत पर्ने विधाहरु जस्तै मोटरसाइकल रेसिङ, टुरिङ, र्याली जस्ता इभेन्टहरु आयोजना विगत लामो समयदेखि गर्दै आइरहेको छ । नेपाली युवाहरुवीच यो खेलप्रति लोभलाग्दो आकर्षण साथै दर्शकहरु पनि उतिकै वृद्धि भइरहेको अवस्थाले नेपाली खेलकुदमा साहसिक खेलकुदको हैसियत दर्शाउँछ ।

अन्तमा,
नेपालमा पर्यटकीय सम्भावना अत्यधिक छ र मोटरसाइकल जस्ता सवारी साधन सही तरिकाले प्रयोग गर्दै यस सम्बन्धी हुने खेलहरु र पर्यटन प्रयोजनको लागि प्रयोग गरेर मात्र पनि हामा युवावर्ग साथै देशलाई पनि आर्थिक रुपमा केही हदसम्म निर्भर गराउन सकिने प्रशस्त सम्भावनाहरु छन् । आजको मोटरसाइकल जसले साहसिक खेलमार्फत दिगो पर्यटनको आधार दिने/बन्ने कुरामा दुईमत नहोला ।

  • गोविन्द भट्टराई/कमला छेत्री

(भट्टराई माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष हुन् भने छेत्री नेपाल अटोमोबाइल्स एसोसिएसनकी सह–कोषाध्यक्ष हुन् ।)

सम्बन्धित समाचारहरू

नेपालका २ विद्यालयलाई प्रदान गरियो स्टार रेटिङ फर स्कुल्स अवार्ड

नेपालका २ विद्यालयलाई प्रदान गरियो स्टार रेटिङ फर स्कुल्स अवार्ड

काठमाडौं – काभ्रेको सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र ललितपुरमा अवस्थित...

टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

टीडीएस मोटर -याली तथा अटो जिमखाना हुँदै, विजेताले २ लाख नगद पुरस्कार पाउने

काठमाडौं–बागमती अटो जिमखाना तथा टीडीएस मोटर र्याली आयोजना हुने भएको छ ।...

सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा बढ्दै महिला राइडरको क्रेज

सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा बढ्दै महिला राइडरको क्रेज

गत मंसिर महिनामा भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोल २०२४ को १२५ सीसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...