सर्बाधिक ६ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलमा २१ हजार सम्म नगद छुट
काठमाडौं – बंगलादेशी मोटरसाइकल ब्रान्ड रनरले नेपाली नयाँ वर्षलाई...
स्पोर्ट वाइक प्रयोगकर्ताहरुको समुह स्पोर्ट ग्रुप अफ भ्यालीले एक कार्यक्रमको आयोजना गरी आधिकारिक लोगो र टिसर्ट सार्वजनिक गरेको छ । वाइकमा देशका विभिन्न स्थानहरुमा राइड गर्दै आइरहेको यो समुहले ट्राफिक जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जाने जनाएको छ । ग्रुपका क्याप्टेन एवं अध्यक्ष प्रविन कुमार मैनालीका अनुसार यो समुहमा स्पोर्ट वाइक पारखीहरुको उल्लेख्य सहभागिता रहँदै आएको छ ।
‘स्पोर्ट वाइक प्रयोग गर्ने राइडहरुमाझ पारिवारिक सम्वन्ध स्थापित गर्दै देशका विभिन्न स्थानहरुमा राइड गर्ने हाम्रो प्रमुख उद्देश्य हो । राइडरलाई ट्राफिक नियमका वारेमा जानकारी दिन ग्रुपले समयसमयमा विभिन्न प्रकारका कार्यक्रमहरु समेत आयोजना गर्दै आइरहेको छ । हाम्रो उद्देश्य राइडको आयोजना गरी रमाउनुको साथै ट्राफिक नियमका वारेमा जनचेतना अभिवृद्धी गर्नु पनि हो’ उनले भने ।
ग्रुपले विशेषत छोटोछोटो दुरीमा राइड आयोजना गर्दै आएपनि पछिल्लो समय अरनीको राजमार्ग हुँदै कोदारीसम्म समेत राइड गरिसकेको छ । शुरुमा २÷४ जना राइडर मिलेर सन् २०१७ मा स्थापना भएको यो ग्रुपमा अहिले दर्जनौ संख्यामा राइडर सहभागी भएका छन् । यसरी राइड गर्दा अन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्ने अध्यक्ष मैनालीले बताए ।

यो ग्रुपले प्रतिस्पर्धामा आधारित राइड भन्दा पनि ट्राफिक नियमलाई इमान्दारिता पूर्वक पालना गर्दै पारिवारिक राइड गर्दै आइरहेको छ । जसका कारण राइडरले सुरक्षा जोखिममा पर्न सकिने स्टन्ट र उच्च स्पिडमा वाइक कुदाउने लगायतका कार्यहरु गर्न पाउने छैनन् । स्पोर्ट फेयरिङ वाइक भएका जोकोही पनि राइडरले ग्रुपमा सजिलै सहभागी हुन सक्नेछन् ।
ग्रुपमा अहिले कावासाकी निन्जा, केटिएम आरसी, ह्योसुङ जीटीआर, होन्डा सिविआर, वेनेली, टिभिएस अपाचे आरआर र यामाहा आर३ तथा आर१५ लगायत वाइक प्रयोग गर्ने राइडर सहभागी छन् ।
काठमाडौं – बंगलादेशी मोटरसाइकल ब्रान्ड रनरले नेपाली नयाँ वर्षलाई...
१० वर्षपछि सुपर मोटो टुरर सेग्मेन्टमा केटीएम ८९० एसएमटी बाइक पुनरागमन...
ओमोडा एन्ड जेको लगायतका विभिन्न ईभी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...