आइतबार देखि बाइकर्स क्याफेमा केटीएम टेस्ट राइड, निःशुल्क पेय पदार्थ उपलब्ध हुने
काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु...
काठमाडौं - नेपालका मोटरसाइकल उत्साहीहरूको लागि रोमाञ्चक अवसरको रूपमा स्पिड फेस्ट २०२५ को आयोजना हुने भएको छ। यो उत्सव फागुन ३ गते शनिबार, एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुनेछ, जसमा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुनेछ।
यस वर्षको स्पिड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटीएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहनेछ। यी ब्रान्डका मोटरसाइकलहरू आफ्ना उत्कृष्ट प्रदर्शन, पावर, र नयाँ प्रविधिको लागि बाइक प्रेमीहरू बीच अत्यन्तै लोकप्रिय छन्। आयोजकहरूले स्पिड फेस्ट २०२५ को आयोजनामा मोटरसाइकल उत्साहीहरूको लागि रोमाञ्चक अनुभव सुनिश्चित गरेको बताएका छन्।
कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन र नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्ट्स र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहनेछ। सो अवसरमा बजाजको नयाँ मोडलको बाइक पल्सर एन २५० को अपडेटेड भर्सन तथा केटीएमको नयाँ कलरको बाइक समेत सार्वजनिक हुनेछ ।
स्पिड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव बन्ने विश्वास राखिएको छ, जसमा हजारौं मोटरसाइकल प्रेमी र उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ। यसले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव र नयाँ मोटरसाइकल प्रविधिहरूसँग परिचित गराउने लक्ष्य राखेको छ।
काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु...
भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको...
बजाज अटोले टु ह्विलरका लागि ४ वटा नयाँ नाम ट्रेडमार्क गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...