यामाहा एमटी१५ भर्सन–२ किन्दा विशेष राइडिङ ज्याकेट निःशुल्क

काठमाडौं–यामाहा नेपालले एमटी१५ भर्सन–२ चाहने राइडरलाई लक्षित गरी एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ ।

अबदेखि नयाँ एमटी१५ भर्सन–२ को खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउनेछन् ।अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ । यो अफर विशेषरूपमा एमटी१५ भी–२ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ

नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्वपूर्ण कदम हो ।

आफरबारे बोल्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘एमटी१५ स्टाइल, पावर र प्रिसिजन प्रतीक हो, जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ । यो अभियानमार्फत हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौं । यामाहा एक प्रविधिमैत्री ब्रान्ड हो र एमएडब्ल्यू राइड्स पनि आफ्ना उत्पादन, जनशक्ति र राइडर कम्युनिटीमा लगानी गर्न प्रतिबद्ध छ ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...